
३० बैशाख गौरीगञ्ज । बिषादी युक्त र म्याद गुज्रेको गहुँ भण्डारण गर्ने गौरीगञ्जका एक ब्यापारीलाइ रु एक लाख जरिवाना गराइएको छ । गौरीगञ्ज ३ स्थित रबिन खरीद बिक्री का सँचालन रबिन पोद्दारलाइ मँगलबार जरिवाना गराइएको हो । जिल्ला प्रसासन कार्यालय झापाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भरत पुरी तथा घरेलु तथा साना उद्योग कार्यालयका दुर्गा बास्तोला झापा उद्योग बाणिज्य सँघ गेरीगञ्जका अध्यक्षमा तथा वडा नँ ३ का वडाध्यक्ष मखना महतो सहितको अनुगमन टोलीले सो ब्यापारीलाइ रु १ जरावाना गराएका हुन ।
उपभोक्ता सँरक्षण ऐन २०७५ को दफा ३८ (झन) बमोजिम उक्त ब्यापारीलाइ जरिवाना गराइएको कुरा घरेलु तथा साना उद्योग कार्यालयकी प्रतिनिधि दुर्गा बास्तोलाले जानकारी दिएकी छन् ।
गत बैशाख २८ गते उक्त रबिन खरीद बिक्री को गोदाम बाट म्याद गुज्रेका तथा बिषादी युक्त करिब २ सय ८० किलो परीणामको ७ बोरा गहुँ बिक्री प्रयोजनका लागि धोएर सुकाइ रहेको अबस्थामा बरामद गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनले बिउँका लागि बिक्रओ बितरण गरेको सो गहु एक सिजनका लागि मात्र प्रयोग हुने बताइएकोछ । कार्तिक महिना मै गहुँ रोप्ने सिजन सकिएका करिब छ महिना पछी पुन: बिक्री गर्नका लागि धोइ पखाली सिकाउदै गरेको अबस्थामा सो गहुँ बरामद गरिएको थियो ।जरिवानाको पुर्जी काटेपछी बरामद गरीएको सो गहुँको बिउँ वडा नँ ३ का वडाध्यक्ष मखना महतो, वडा सदस्य भवेश दास र ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भटराइको रोहबरमा नष्ट गरिएकोछ ।


