क्षात्राहरु बेहोस हुन थालेपछी प्रगति माबिले बोलायो अभिभावक भेला

पढ्न समय: 1 मिनेट

असार ४ गौरीगञ्ज । गौरादह नगरपालिकाको ग्वालडुब्बा बजार स्थित प्रगति माबिका क्षात्राहरुमा समस्या देखिन थालेपछी बिद्यालयले अभिभावक भेला बोलाएको छ । बिद्यालयले एक सुचना जारी गर्दै यहि असार ८ गते सोमबारका लागि अभिभावक भेला बोलाएको हो ।

- Advertisement -
Ad image

बिद्यालयमा कक्षा ९ र १० का क्षात्राहरु अचानक काम्ने बर्बराउने र बेहोस हुने जस्ता समस्याहरु देखिन थालेपछी बिद्यालयले भोली शुक्रबार बिद्यालयमा बिदा दिइएको कुरा बिद्यालय ब्यवस्थापन समितीका निबर्तमान सदस्य सुर्यभक्त सिटौलाले जनाएका छन् ।

बिद्यालयमा क्षात्राहरु बेहोस हुने समस्या आजको नभइ बर्षौ अघि देखिको समस्या रहेको कुरा एक अभिभावकले जनाएका छन् । तर केहिदिन यता कक्षा ९ र १० का क्षात्राहरु लगातार काम्न बर्बराउन र बेहोस हुन थालेपछी घटना सतहमा आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्