१८ घन्टामै थपियो नेपालमा ५७ सँक्रमित : सँक्रमितको सँख्या १९१ पुग्यो

पढ्न समय: 1 मिनेट

३० बैशाख गौरीगञ्ज । मँगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस सँक्रमणको पुष्टी भएको छ । १८ घण्टा भित्रै नेपालमा यति भारी सँख्यामा सँक्रमित थपिएको हो । स्वास्थ्य मन्त्रालयले मँगलबार १ बजेर १० मिनेटमा एक बिज्ञप्ति जारी गर्दै सो सँख्यामा सँक्रमण पुष्टी भएको जनाएको हो । गए राति मन्त्रालयले ७ बजेर २० मिनेट जादा सम्म सँक्रमितको सँख्या १३४ रहेको पुष्टी गरेको जनाएको थियो । १८ घन्टाको दौरान थपिएका सँक्रमित हरु कपिलबस्तु जिल्लाका बिभिन्न ठाउँका ८ जना रुपन्देहीका ९ जना पर्साका ३९ जना र बाराका १ जना रहेको जनाएकोछ । यो सँगै नेपालमा सँक्रमितको सँख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *