जेठ २६ काठमाण्डौ । पदभार ग्रहण गरे लगतै गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरु अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए । यो सँगै उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने । छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने समेत निर्णय गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

