रमा तिवारी हत्या काण्डको सफल अनुसन्धान गर्ने प्रहरी पुरस्कृत

पढ्न समय: 1 मिनेट

 जेठ २६ दमक । दमकको रमा तिवारी हत्या प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँचजना प्रहरी पुरस्कृत भएका छन् ।

 डीएसपी बस्नेत सहित प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगरलाइ झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले नगदसहित पुरस्कृत गरेकी हुन् ।

- Advertisement -
Ad image

उक्त टोलीले दमक–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा ९ दिनसम्म गहन अनुसन्धान गरी आरोपी भारतीय नागरिक राकेशकुमार पण्डितलाई पक्राउ गर्न सफल भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्