हचुवाको भरमा पुरस्कार बितरण ; सत प्रतिशत नतिजा ल्याउने शिक्षकले पनि पाएनन् पुरस्कार

पढ्न समय: 2 मिनेट

असार ४ गौरीगञ्ज । कार्यबिधि बिनै पुरस्कार बितरण गर्दा गौरीगञ्ज गाउँपालिकाको एसइइ परीक्षा लक्षित पुरस्कार बितरण कार्यक्रम आलोचित बनेको छ । शिक्षा समितीले कुनै बिधि र नियम बिनै गौरीगञ्जका ४ वटा सामुदायिक बिद्यालयका ३ / ३ जना शिक्षकहरुलाइ दामाशाही रुपमा छनौट गर्दा सत प्रतिशत नतिजा ल्याउने राम्रा शिक्षक पनि पुरस्कार बाट बञ्चित हुनु परेको छ ।

- Advertisement -
Ad image

पुरस्कार बितरण सँबन्धी कुनै कार्यबिधि नै नबनाइ हचुवाको भरमा उत्कृष्ट शिक्षक छनौट गर्दा गौरीगञ्ज माबिमा फुड क्रप बिषय अध्यापन गराउने शिक्षक नितेश कटुवाल अन्यायमा परेका छन् । यस बर्षको एसइइ परीक्षामा उनको बिषयमा पनि सत प्रतिशत नतिजा आएको कुरा बिद्यालयका प्रअ गोबिन्दप्रसाद घिमिरेले जनाएका छन् । गौरीगञ्ज माबिमा प्राबिधिक तर्फ इन्डस्ट्रियल बिषयकी शिक्षिका रञ्जिता खनाल फ्लोरीकल्चर बिषयकी शिक्षिका निशा पराजुली हर्टीकल्चर बिषयका शिक्षक रुपेश ठाकुर र फुडक्रप बिषयका शिक्षक नितेश कटुवालका बिषयमा सबै बिद्यार्थीहरु उतिर्ण भइ सत प्रतिशत नतिजा ल्याएका थिए । तर गाउँपालिकाको शिक्षा समितीले रञ्जिता खनाल निशा पराजुली र रुपेश ठाकुरलाइ मात्र उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरेको छ । जबकी अन्य ३ वटा सामुदायिक बिद्यालयमा ९२ देशि ९५ प्रतिशत मात्र नतिजा ल्याएका शिक्षकहरुलाइ समेत गाउँपालिकाले उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरेको छ ।

 प्रत्येक बिषयमा पालिका भरि उत्कृष्ट नतिजा दिने एक एक जना शिक्षकलाइ मात्र पुरस्कृत गर्नु पर्नेमा हरेक बिद्यालयबाट ३ / ३ जना छनौट गर्दा राम्रा शिक्षक पाखा लागेको र ‍औषतको शिक्षक पनि उत्कृष्ट भएको कुरा एक शिक्षकले नाम नखुलाउने सर्तमा बताएका छन् ।

पुरस्कार बितरण गर्दा शिक्षा समितीले निजि बिद्यालयका बिद्यार्थीलाइ समेटेको तर निजि बिद्यालयका शिक्षकहरुलाइ बिभेद गरेको समेत पालिकाले आरोप खेपीरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्