अनलाइन मार्फत यौनजन्य गतिबिधि गर्ने १६ जना पक्राउ

पढ्न समय: 1 मिनेट

जेठ २७ काठमाण्डौ । अनलाइन मार्फत यौन जन्य गतिबिधि सञ्चालन गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।

- Advertisement -
Ad image

   पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका २ घर भई काठमाण्डौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका ८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा जिल्ला काठमाण्डौ, काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन् । यो सँगै प्रहरीले पेसामा सँलग्न १२ जना महिलाहरुलाइ समेत नियन्त्रणमा लिएको कुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्