गौरीगञ्ज गाउँपालिकाले एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कृत गरेको छ ।
सामुदायिक बिद्यालय तर्फ सर्बोत्कृष्ट नतिजा ल्याउने गौरीगञ्ज माबिका क्षात्रा समिक्षा कुमारी ताजपुरिया र क्षात्र अभिषेक राजवँशीलाइ दोसल्ला र नगद रु ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको छ भने निजि तथा सँस्थागत बिद्यालयहरु तर्फ क्षात्रमा ज्ञानकुञ्ज एकेडेमीका शिबम अग्रवाल लाइ र क्षात्रा तर्फ देबकोटा माबिकी याज्या दँगाललाइ दोसल्ला तथा नगद रु ५ हजार सहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट शिक्षक तर्फ खजुरगाछी माबिका सुबोध कुमार सिँह बरुण कुमार यादब र लालमणी कटेल तथा बालबल्याण माबिका दिनानाथ निरौला लक्ष्मी तिम्सिना र कुबेर प्रसाद राजवँशीलाइ पुरस्कृत गरिएको छ । त्यसैगरि गौरीगञ्ज माबिका रञ्जिता खनाल निशा पराजुली र रुपेश ठाकुर तथा आदर्श माबिका दिलकुमारी लिम्बु शेखर तिवारी र भोला बस्नेत लाइ समेत उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरिएको छ । उत्कृष्ट शिक्षकहरुलाइ नगर रु १ हजार दोसल्ला र सम्मान पत्र द्वारा पुरस्कृत गरिएको छ ।
त्यस्तै उतकृष्ट बिद्यालयका रुपमा गौरीगञ्ज माबिलाइ नगद रु १० हजार सहित सम्मान पत्र द्वारा पुरस्कृत गरिएको छ । तर उत्कृष्ट माबिका रुपमा गौरीगञ्ज माबिलाइ पुरस्कृत गर्ने गाउँपालिकाको कार्य बिबाद मा परेको छ । गौरीगञ्ज माबिमा साधारण धार र प्राबिधिक धार दुबै बिषय पढाइ हुन्छ । भने अन्य तिन वटा सामुदायिक माबिमा साधारण धार को बिषय मात्र पढाइ हुने गरेको छ तर पालिकाले एसइइको नतिजाको आधारमा उत्कृष्ट बिद्यालय छनौट गर्दा प्राबिधिक धारको नतिजालाइ समेत जोडेर गौरीगञ्ज माबिलाइ उत्कृष्ट बिद्यालय छनौट गरेका कारण पालिकाको यो निर्णय बिबादमा परेको हो । जबकी साधारण धार तर्फ खजुरगाछी माबिले यो बर्ष सबै भन्दा उत्कृष्ट नतिजा ल्याएको हो भने गौरीगञ्ज माबिले सबैभन्दा कमजोर नतिजा ल्याएको हो । साधारण धार तर्फ बिगत ४ बर्ष देखि गौरीगञ्ज माबिको एसइइ नतिजा सबै भन्दा कमजोर देखिएको हो । त्यती मात्र होइन यो बर्ष पालिका स्तरिय कक्षा ५ र ८ को नतिजामा समेत गौरीगञ्ज माबिले गौरीगञ्ज गाउँपालिका भरिकै सबै भन्दा कमजोर नतिजा ल्याएको थियो ।
गौरीगञ्ज गाउँपालिकाका अरु कुनैपनि बिद्यालयमा पढाइ नै नहुने प्राबिधिक बिषयको नतिजालाइ मात्र अधार मानेर सबै भन्दा कमजोर बिद्यालयलाइ उत्कृष्ट बिद्यालयका रुपमा र बिद्यार्थीलाइ उत्कृष्ट बिद्यार्थीका रुपमा पुरस्कृत गर्दा साधारण धार तर्फ का सामुदायिक बिद्यालयहरु अन्यायमा परेका छन् ।
साधारण धार तर्फ सबै भन्दा उत्कृष्ट नतिजा ल्याउने खजुरगाछी माबिका प्रधानाध्यापक गहेन्द्र बिक्रम शाह भन्छन् – साधारढ धार तर्फको र प्राबिधिक धार तर्फको परीक्षा प्रणाली नै फरक छ । दुबैको नतिजा एकै ठाउँमा राखेर हेर्ने पालिकाको दृष्टीकोढ नै गलत छ ।
यति मात्र होइन गौरीगञ्ज गाउँपालिकाले निजि बिद्यालयका बिद्यार्थीहरुलाइ उत्कृष्ट बिद्यार्थीका रुपमा पुरस्कृत गर्दा निजि बिद्यालयका शिक्षकहरुलाइ भने बिभेदपुर्ण ब्यवहार गरेको छ ।

