गौरीगञ्जमा बिकराल बन्दै आत्महत्या घटना

पढ्न समय: 1 मिनेट

जेठ ९ गौरीगञ्ज । प्रहरीको पछिल्लो तथ्याङ्कले गौरीगञ्ज क्षेत्रमा आत्महत्याका घटनाहरुमा बर्षेनी डरलाग्दो रुपमा बृद्धी भइरहेको देखाएको छ । पछिल्लो ३ बर्षको तथ्याँक हेर्दा आत्महत्याको घटनामा १ सय ६६ दशमलब ६७ प्रतिशतले बृद्धी भएको देखिन्छ ।

- Advertisement -
Ad image

इलाका प्रहरी कार्यालय गौरीगञ्जको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा गौरीगञ्ज क्षेत्रमा आत्महत्याको घटना ६ वटा मात्र दर्ता भएको देखिन्छ भने आर्थिक बर्ष २०८०/८१ मा यो सँख्या बढेर ११ पुगेको छ । जसमध्ये ८ जना झुण्डीएर र ३ जना बिष सेवन गरि आत्महत्या गरेको देखिन्छ । त्यस्तै आर्थिक बर्ष २०८१/८२ मा यो सँख्या बढेर १६ पुगेको छ । जसमध्ये १२ जना झुण्डिएर ३ जना बिष सेवन गरि र १ जना हाम फालेर आत्महत्या गरेको देखिन्छ ।

अहिलेको चालु आर्थिक बर्ष २०८२/८३ को १० महिनामा १५ वटा आत्महत्याका घटना दर्ता भएको रेकर्ड देखिन्छ जसमध्षे ११ जना झुण्डीएर र ४ जना बिष सेवन गरि आत्महत्या गरेको देखिन्छ ।

मोवाइल तथा सामाजिक सञ्जालका कारण एक्लिदै गएको सामाजिक जीवन युवा पुस्तामा देखिएको नैराश्यता लागु पदार्थ दुर्व्यसनी मानसिक तनाब डिप्रेसन पारिवारीक कलह लगायतका कारणहरुले गर्दा आत्महत्याका घटनाहरुमा बर्षेनी बृद्धी हुदै गइरहेको छ ।

यि घटनाहरुको रोकथामका लागि सरकारले बलियो सामाजिक आधार नखोजे यो आत्महत्या घटना एक सामाजिक समस्याका रुपमा फेलिने स्पष्ट देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्