बैशाख २२ झापा । अस्पतालको प्रयोगशालामा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्रीहरु नहुँदा गौरीगञ्ज आधारभुत अस्पतालको उपचार सेवा एक हप्ता देखि ठप्प भएको छ । स्वास्थ्य सेवा जस्तो अति सम्वेदनशील र अभिछिन्न सेवा एक हप्ता देखि अबरुद्ध हुँदा समेत रिएज्न्ट लगायतका सामग्री खरिदमा पालिकाहरुका कर्मचारीहरु बीच अलमल देखिएको छ । रिएजेन्ट लगायतका सामग्रीहरु खरिदका लागि टेण्डर प्रकृया अघि बढेपनि हाललाइ अस्पतालको सेवा नै अबरुद्ध भइरहेको आपतकालिन अबस्थामा तत्कालै रिएजेन्ट आपुर्ती गर्ने बिषयमा पालिका भित्रका कर्मचारीहरु बिच मत भिन्नता देखिँदा आपर्ति प्रकृया नै अणिर्णयको बन्दी बनेको छ ।
प्रयोगशालामा रिएजेन्टको अभावका कारण अस्पतालको सेवा ठप्प हुँदा रिएजेन्ट खरिदका लागि पालिका के गरिरहेको छ भन्ने बिषयमा पालिका भित्रका कुनै कर्मचारी पनि अन द रेकर्ड बोल्न चाहदैनन् ।
श्रोतका अनुरसार प्रमुख प्रसाशकीय अधिकृत योजना अधिकृत स्टोर किपर र लेखा अधिकृत बिच प्रकृयागत रुपमा मत नमिल्दा आपतकालिन अबस्थामा समेत रिएजेन्ट आपुर्तीको बिषय अनिर्णित बनेको हो । पालिका भित्र सँबन्धित शाखाका कर्मचारीहरु बीच यस बिषयमा आज मँगलबारपनि छलफल भइरहेकोमा यो रिपोर्ट तयार पार्दा सम्म समेत कसरी आपुर्ती गर्ने भन्ने बारे निकाश ननिस्किएको बुझिएको छ ।
स्वास्थ्य सेवा जस्तो अति सम्वेदनशील क्षेत्रको सामग्री खरिदमा समेत पालिकाका उपल्ला कर्मचारीहरु बाटै प्रकृयागत हेलचेक्याइ भएको देखिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाका अनुसार गत माघ १३ गते नै रिएजेन्ट खरिदका लागि टेण्डर आव्हान भएकोमा त्यो प्रकृया नै गलत भएको कुरा उनले स्विकारेका छन् ।
गत माघ १३ गते प्रकाशित सुचनामा दर रेट पेश गर्ने बारे ३० दिने सुचना हुनु पउर्नेमा १५ दिने सुचना प्रकाशित भएपछी सो प्रकृया त्यो बेला स्थगित गरिएको थियो भने अहिले यो चालु आर्थिक बर्ष सक्किन २ महिना १३ दिन मात्र बाँकी रहँदा भर्खरै बैशाख १७ गते खरिद टेण्डरका लागि ३० दिने सुचना जारी गरेको छ र यो सुचना अनुसार प्रकृया अघि बढेमा जेठ १८ गते पछी मात्र अस्पतालमा रिएजेन्ट लगायतका सामग्री आपुर्ती हुने देखिन्छ भने अझ एक महिना अस्पतालको सेवा ठप्प हुने दिखिन्छ ।
जननिर्वाचित जनप्रतिनिधिहरुले गाउँसभाबाटै अस्पतालको प्रसाशनिक र बिभिन्न सामग्री खरिदका लागि आवश्यक बजेट बिनियोजन गरेपनि कर्मचारीहरुबाट प्रकृयागत हेलचेक्याइ र बिभिन्न ऐन र नियमको बहानामा आलटाल गरिरहने प्रबृतीका कारण स्थानियहरुले बिगत केहि दिन देखि अस्पतालबाट सेवा पाउनबाट बञ्चित भएका छन् ।
बिभिन्न ऐन र नियम देखाएर आपतकालिन अबस्थामा समेत आलटाल गरिरहेका कर्मचारी सँयन्त्रलाइ नियन्त्रण गर्न पालिकाका निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिका बैठक बसेर निकास दिन सकिन्छ तर यस तर्फ जनप्रतिनिधिहरु समेत उदाशिन देखिएका छन् ।

