नेपालमा पहिलो पल्ट २ पत्रकार र एक स्टाफ नर्समा देखियो कोरोना सँक्रमण

पढ्न समय: 1 मिनेट

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

- Advertisement -
Ad image

मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ।

कपिलवस्तुमा मंगलबार दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *