गौरीगञ्ज क्याम्पसमा थपियो कम्पुटर साइन्स । असार १ देखि कक्षा सञ्चालन

पढ्न समय: 1 मिनेट

जेठ २६ झापा । गौरीगञ्ज ३ स्थित गौरीगञ्ज बहुमुखी क्याम्पसमा यो शैक्षिक सत्र देखि कक्षा ११ मा कम्प्युटर साइन्स बिषय थप गरिएको कुरा क्याम्पस प्रमुख भक्त भण्डारीले जनाएका छन् ।

- Advertisement -
Ad image

असार १ गते देखि कक्षा सञ्चालन हुने र सोका लागि गत जेठ १ गते देखि नै भर्ना समेत खुला गरिएको छ । गौरीगञ्ज गाउँपालिका स्थानिय सरकारले आफ्नो निति तथा कार्यक्रममै पालिका भरिका कक्षा ११ र १२ का बिद्यार्थीहरुलाइ निशुल्क क्षात्रबृती दिने ब्यवस्था गरेसँगै गौरीगञ्ज क्याम्पसमा कक्षा ११ का बिद्यार्थीहरुले कम्प्युटर साइन्स बिषय निशुल्क पढ्न पाउने कुरा क्याम्पसले जनाएको छ ।

यस अघि गौरीगञ्ज बहुमुखी क्याम्पसमा शिक्षा र बाणिज्य शास्त्रको अध्यापन मात्र हुने गरेको थियो ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्