प्याब्सन गौरीगञ्जको स्पोर्ट्स मीट सम्पन्न

पढ्न समय: 5 मिनेट

गौरीगञ्ज । फागुन ३ गते देखि शुरु भएको प्याब्सन गौरीगञ्जको पालिका स्तरिय स्पोर्ट्स मीट सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका भित्र रहेका बिभिन्न निजि तथा आवासीय बिद्यालयहरु मा अध्ययनरत बिद्यार्थीहरु बिच फुटबल भलिबल टेबल टेनिस क्रिकेट र लामो तथा छोटो दुरीको दौड प्रतियोगिता गराउदै स्पोर्ट्स मीट सम्पन्न भएको हो ।
गौरीगञ्ज ६ खजुरगाछी स्थित क्रीमसन बोर्डिङ स्कुलमा आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बिभिन्न खेलमा प्रथम द्वितिय र तृतिय स्थान हासिल गरेका बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ ।
फुटबल प्रतियोगितामा युनिभर्सल प्रथम, न्यु युनिभर्सल द्वितिय र क्रीमसन तथा स्नोह्वाइट स्कुल तृतिय भएका छन् भने क्रिकेट तर्फ युनिभर्सल प्रथम, देबकोटा द्वितिय र न्यु युनिभर्सल तथा क्रिमसन तृतिय भएका छन् ।
भलिबलमा छात्र तर्फ देबकोटा प्रथम , युनिभर्सल द्वितिय र ज्ञानकुञ्ज तृतिय भएका छन् भने छात्रा तर्फ देबकोटा प्रथम , ज्ञानकुञ्ज द्वितिय र युनिभर्सल तृतिय भएका छन् ।
टेबल टेनिस एकल छात्र तर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् भने युगल छात्र तर्फ ज्ञानकुञ्ज प्रथम , देबकोटा द्वितिय र युनिभर्सल तृतिय भएका छन् ।
त्यसै गरि टेबल टेनिस मै एकल छात्रा तर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् भने युगल छात्रा तर्फ ज्ञानकुञ्ज प्रथम, युनिभर्सल द्वितिय र देबकोटा तृतिय भएका छन् ।
कक्षा १ देखि ५ सम्मको २ सय मिटर दौडमा छात्र तर्फ दीयो का लक्षमण ताजपुरिया प्रथम, स्नोह्वाइटका रुपेश ताजपुरिया द्वितिय र देबकोटाका रुपेश शर्मा तृतिय भएका छन् भने छात्रा तर्फ जीवन ज्योतीकी तुलसा राजवँशी प्रथम, न्यु युनिभर्सलकी दिपिका राजवँशी द्वितिय र दीयो की रबिना राजवँशी तृतिय भएकी छन् ।
कक्षा ८ सम्मको २ सय मिटर दौडमा छात्र तर्फ ज्ञानकुञ्जका भुवनेश्वर ताजपुरिया प्रथम स्नोह्वाइटका अनिल राजवँशी द्वितिय र क्रीमसनका पँकज राजवँशी तृतिय भएका छन् भने छात्रा तर्फ ज्ञानकुञ्जकी रिया साह प्रथम न्यु युनिभर्सलकी सृष्टी राजवँशी द्वितिय र क्रीमसनकी ज्योती राजवँशी तृतिय भएकी छन् ।
कक्षा ८ सम्मको ४ सय मिटर दौडमा छात्र तर्फ युनिभर्सलका पवनदेब ठाकुर प्रथम देबकोटाका आकास मण्डल द्वितिय र क्रीमसनका राकेश राजवँशी तृतिय भएका छन भने छात्रा तर्फ न्यु युनिभर्सलकी सृष्टी राजवँशी प्रथम क्रीमसनकी ज्योती राजवँशी द्वितिय र ज्ञानकुञ्जकी रिया साह तृतिय भएकी छन् ।
कक्षा ८ सम्मको ८ सय मिटर दौडमा छात्र तर्फ स्नोह्वइटका शेषराज ताजपुरिया प्रथम युनिभर्सलका महेश गिरी द्वितिय र क्रीमसनका पँकज राजवँशी तृतिय भएका छन् भने छात्रा तर्फ युनिभर्सलकी मरियम मुर्मु प्रथम देबकोटाकी प्रियँका साह द्वितिय र स्नोह्वाइटकी करुणा ताजपुरिया तृतिय भएकी छन् ।
कक्षा ९ र १०को २ सय मिटर दौडमा छात्र तर्फ देबकोटाका दिपेश राजवँशी प्रथम युनिभर्सलका बिशाल ताजपुरिया द्वितिय र न्यु युनिभर्सलका रोशन राजवँशी तृतिय भएका ऐन् भने छात्रा तर्फ ज्ञानकुञ्जकी नेहा साह प्रथम युनिभर्सलकी शशी मालाकार द्वितिय र देबकोटाकी अश्लेषा गौतम तृतिय भएकी छन् ।
कक्षा ९ र १० को ४ सय मिटर दौडमा छात्र तर्फ युनिभर्सलका मदन मुर्मु प्रथम न्यु युनिभर्सलका राकेश राजवँशी द्वितिय र ज्ञानकुञ्जका अभिसेक माझी तृतिय भएका छन् भने छात्रा तर्फ ज्ञानकुञ्जकी बिबिशा बस्नेत प्रथम युनिभर्सलकी ममता यादब द्वितिय र देबकोटाकी रोनिशा कोइराला तृतिय भएकी छन्
कक्षा ९ र १०को ८ सय मिटर दौडमा छात्र तर्फ युनिभर्सलका राजु मुर्मु प्रथम देबकोटाका निशान्त राजवँशी द्वितिय र न्यु युनिभर्सलका लक्की राजवँशी तृतिय भएका छन् भने छात्रा तर्फ ज्ञानकुञ्जकी सोनुका ढकाल प्रथम देबकोटाकी मञ्जु राजवँशी द्वितिय र युनिभर्सलकी दिपिका राजवँशी तृतिय भएकी छन् ।
हिसाब दौड मा छात्र तर्फ जीवनज्योतीका केमालाल राजवँशी प्रथम दीयोका हेम नारायण सुतियार द्वितिय र सनसाइनका सुवास राजवँशी तृतिय भएका छन् भने छात्रा तर्फ सनसाइनकी रिम्पा राजवँशी प्रथम ज्ञानकुञ्जकी निकिता राउत द्वितिय र न्यु युनिभर्सलकी दिपिका राजवँशी तृतिय भएकी छन् ।
स्मरणशक्ती परिक्षणमा छात्र तर्फ क्रीमसनका सचिन यादब प्रथम ज्ञानकुञ्जका रोशन दास द्वितिय र युनिभर्सलका घनेन्द्र राजवँशी तृतिय भएका छन् भने छात्रा तर्फ न्यु युनिभर्सलकी नताशा राजवँशी प्रथम स्नोह्वाइटकी भुमिका राजवँशी द्वितिय र क्रीमसनकी सीटी यादव तृतिय भएकी छन् ।
पुरस्कृत प्रतियोगिहरुलाइ कप मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य स्नोह्वाइटका प्रीन्सिपल गौपाल राजवँशीले गरेका थिए भने शुभकामना मन्तब्य युनिभर्सल एकेडेमीका प्रीन्सिपल कमलेश्वर राजवँशीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *