गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ६ आठमौजा स्थित एक पुरानो बरको फेदमा भगवान शिबको त्रिनेत्र जस्तो आकृती देखा परेपछी त्यहा पुजा गर्न जानेहरुको भिड लाग्न थालेको छ ।
केहि दिन अघि न्ता माझीको शरिरमा देउता आएको र पछी स्थानीय महिलाको शरिरमा समेत देउता आइ कम्पन हुने क्रममा सोही बरको फेदमा आउने जाने गरेको र केहि दिन अघि सोही रुखको फेदमा महादेबको नेत्राकृती देखा परेपछी सो स्थानमा शिब जी प्रकट भएको बिश्वास गरि पुजा पाठ गर्न थालिएको कुरा स्थानीय धन बहादुर थापाले बताए ।
स्थानिय भिम प्रसाद चौधरीको जग्गामा रहेको सो बरको रुख छेउमा सोमबार देखि अखण्ड शिब किर्तन गर्न थालिए पनि सो स्थानको फोटो खिचन प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

