छाला रोग सँबन्धी स्वास्थ्य शिबिरमा भेटियो कुष्ठ रोगका नया रोगी

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । झापाको गौरीगञ्जमा नेपाल कुष्ठ रोग सँगतीको प्रबिधिक सहयोग तथा गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबार सम्पन्न छाला रोग सँबन्धी स्वास्थ्य शिबिरमा २ यस भन्दा बढी चर्म रोगीहरुले निशुल्क ओषधी तथा उपचाार पााएकााछन् |

प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जमा भएको सो शिबिरमा चर्म रोग सँबन्धी बिशेषज्ञ डाक्टरहरु दिपक घिमिरे र सैयन आमात्यले बिशेषज्ञ सेवा प्रदान गरेका थिए ।
सो शिबिर मार्फत सेवा लिएका दुइ सय भन्दा माथि सेवा ग्राही मध्ये एक जनामा गम्भिर प्रकृतीको कुग्ठ रोग भेटीएको कुरा गौरीगञ्ज गापाका स्वास्थ्य प्रमुख बिकास पौडेलले बताएका छन् । एक जना नया कुष्ठ रोगी भेटीएपनि अन्य केही लाइ समेत शैकाको घेरा भित्र राखिएको कुरा उनले बताए ।
सरकारले झापा जिल्ला लगायत देश भर २०६६ सालमा कुष्ठ रोग नियन्त्रण भइ सकेको घोषणा गरे पनि कुष्ठ रँगका नया नया बिरामो फेला पर्ने कुरम रोकिएको छैन । एक तथ्याँकले गौरीगञ्ज गाउँपालिका भित्र मात्रै १४ जना कुष्ठ रोगका बिरामीले नियमीत ओषधी सेबन गरि रहेको देखाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *