ध्यानाकर्षण माथि छलफल

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउपालिका मा जनप्रतिनिधीहररुको काम कार्वाही प्रतिको गुनासो सहित गत पुस २८ गते नेकपाले गाउँपालिकामा बुझाइएको ध्यानाकर्षण पत्रमा माथि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले नेकपाका प्रतिनिधिहरु सँग छलफल गरेका छन् ।
पत्रमा ध्यानाकर्षण गराइएको १७ वटा बुदा माथि छलफल भएको कुरा छलफलमा सहभागि नेकपाका प्रतिनिधि केदार ढुँगेलले बताए ।
छलफलमा ध्यानाकर्षण गराइएका गत बर्षका अनियमित रुपमा बितरित सोलार कृषि शाखाले बितरण गरेका मोटरको शँकास्पद मुल्य रतुवा टतबन्धनका लागि राखिएको १० लाख बराबरको ढुँगा राखिएको ठाउँबाट गायब भएको र सो उपर गाउपालिकाले कुनै कार्वाही अघि नबढाएको तथा बिकास निर्माणमा उपभोक्ता समितीबाट १० प्रतिशत रकम किन लिएको भन्ने बिषयहरुमा छलफल भएको थियो ।
ध्यानाकर्षण गराइएका १७ वटा बिषय मध्ये गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले १० वटा बिषयमा सुधार गरेर लैजाने तथा ७ वटा बिषयमा मौन रहेको कुरा छलफलमा सहभागि केदार ढूँगेलले बताए ।
छलफल पछी गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बेला बेलामा यसै गरि ध्यानाकर्षण गराइ रहे जनप्रतिनिधिहरु पनि सचेत हुने प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *