१३ जेठ, गौरीगञ्ज । गत जेठ १० गते गौरीगञ्जका दुइ क्वारेन्टाइन मा रहेका ८८ जनाको स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि पठाइएको मा ७७ जनाको रिपोर्ट नेगेटिभ आएकोछ । नब निर्मित अस्पतालको क्वारेन्टाइन र गौरीगञ्ज क्याम्पस क्वारेन्टाइन मध्ये जेऔ १० गते अघि देखि गौरीगञ्ज क्याम्पसमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । अस्पताल क्वारेन्टाइन मा रहेकाको स्वाब परिक्षण कै क्रममा रहेको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । रिपोर्ट नेगेटिभ आएपछी ७७ जनतालाइ नै थप १४ दिन घरमै होम क्वारेन्टाइन मा बस्ने गरि घर पठाउने तयारी गरिएको कुरा मिध्रले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

