६२ अाैै सहकारी दिवस रंगेली मा सम्पन्न

पढ्न समय: 3 मिनेट


रबिन्द्र बराल
चैत्र २० बुधबार
“ दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी ´´भन्ने मुल नाराका साथ बुधबार रंगेली मा ६२ अाै सहकारी दिवस रंगेली मा सम्पन्न भएको छ ।
दिनदयाल धर्मशालमा सम्पन्न भएको हाे । माेरङमा भरि छरिएर रहेको १हजार १ सय सहकारी हरुकाे सदस्य हरुकाे समेत सहभागी रहेको थियोे । उक्त कार्यक्रम काे प्रमुुख अतिथि प्रदेश न १ का प्रदेश प्रमुुख माननिय प्राध्यापक डाक्टर गोविन्द वहादुर तुुम्वहाङ, बिष्ट अतिथि माननिय मंत्री जिवन घिमिरे , प्रतिनिधि सभा सदस्य डाक्टर मिनेन्द्र रिजाल,शिव कुमार मंन्डल,सामाजिक बिकास मंन्त्री जीवन घिमिरे ,सभासद लिला वल्लभ अधिकारी ,रंगेली नगरपालिका का मेयर दिलिप बगडिया,ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख कबिन्द्र कार्की , लक्ष्मी मेहता , लगायतको उपस्थित रहेको थियोे । उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रम काे उद्घाटन गरिएको थियोे । स्वागत मन्त्वय व्यवस्थापन उपसमितिका संयाेजक ईन्जिनियर कमलेश्वर ठाकुरले गरेका थिए । विभिन्न सहकारी संस्था हरु ले अाफ्नाे कला संस्कृतिक झलकाउने नृत्य समेत -यालीमा सहभागी गराएका थिए । साेहि क्रममा दिनावाबु धर्मशाला देखि झाँक्री सहित रंगेली वजार परिक्रमा समेत गरेका थिए । उक्त कार्यक्रम का प्रमुख अतिथि ले भने अहिले सहकारी ले गर्दा गाउँ घरमा रहेका गरिव परिवार लाई विभिन्न पेशा गर्ने सहुलियत दरमा ऋिण लिएर ब्यवसाय गर्ने सहज भएको समेत बताए । साेही क्रममा उनले भने अहिले गाउँ घरमा युवा हरु बेरोजगार भएको कारणले गर्दा बिदेशी भुमिमा गएर अाफ्नाे ज्यान समेत जाेखिमा पारेर अाफ्नाे परिवार पालनपोषण गरिरहेकाेे समेत बताए । विभिन्न सहकारी हरुले अाफ्नाे मैलिक झल्काउने झाक्री, हरु मध्ये नारी सङक्लप वचत ऋिण सहकारी संस्था उर्लाबारी प्रथम नगद ५ हजार दाेस्राे सहकारी संन्जाल ग्रामथान ३ हजार र तेस्रो जागरुप वचत तथा सहकारी संस्था बिराटनगर ले २हजार नगद सहित प्रसन्सा पत्र समेत दिएको छ । यस बर्ष जिल्ला सहकारी संध लिमिटेड का सल्लाहकार तारा बहादुर काफ्ले , चन्द्र प्रसाद काफ्ले , लाई पुरस्कार दिएकाे छ । ६२ अाै सहकारी दिवस मा प्रचारप्रसार मा महत्त्वपूर्ण भुमिका निर्भाहा गर्ने सहकारी पत्रकारीता पुरस्कार एभिन्युज टेलिभिजन का माेरङ समम्दाता रबिन्द्र बराल लाई ५ हजार १ सय रुपैयाँ सहित काे कदर पत्र हस्तान्तरण गरेका थिए । ६२ अाै राट्रिय सहकारी दिवस मुल समारोह समिति का संयाेजक डिल्ली पाेख्रेल काे सभापतित्व कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *