जेठ २६ गौरीगञ्ज । गौरीगञ्जकी नवोदित गायिका अप्सरा दाहालले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेर साँगितिक क्षेत्रमा डेब्यु गरेकी छन् । सोमबार उनको आफ्नै युट्युब च्यानल अप्सरा भाइब्स मार्फत सार्वजनिक भएको म्युजिक भिडियो आउनु ल मा दाहाल आफै अन स्क्रिन देखिएकी छिन् ।
गौरीगञ्जकै आसपासका क्षेत्रहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शब्द तथा सँगित सँयोजन पनि दाहालको आफ्नै रहेको छ । शिक्षण पेशामा जमेकी अपसराले गत बर्ष पुर्वाञ्चल गट ट्यालेन्ट नामक साँगितिक प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्

