फागुन १४ गौरीगञ्ज । नागरिकता प्रमाणपत्रमा भएको जन्ममिती घटबढ गरि राहदानी जारी गरेको सँबन्धी भ्रष्टाचार मुद्दामा इलाका प्रसाशन कार्यालय गौरीगञ्जका तत्कालिन प्रमुख चुँडामडी आपागाइ सहित १० जनाले नै सफाइ पाएका छन् ।
बिशेग अदालत काठमाण्डौले गत फागुन १२ गते गरेको फैसलाले आरोपदाबीको नागरिकताको प्रमाणपत्र, पुरानो राहदानी तथा पछि बनेको विद्युतीय राहदानीमा फरक परेको जन्ममितिको विषय प्रशासनिक तवरबाट संबोधन हुन सक्ने प्रकृतिको देखिएको, सो कार्यवाट यि प्रतिवादीले गैरकानूनी लाभ लिएको वा अन्य व्यक्तिलाई हानी भएको भन्ने आरोपदाबी रहेको नदेखिएको अवस्थामा यि प्रतिवादीहरुले आरोपदाबी बमोजिमको भ्रष्टाचारजन्य कसूर गरे भन्न न्यायसंगत नदेखिएको ठहर गरेको छ ।
अतः निज प्रतिवादीहरु विरुद्धको आरोपदावी बस्तुनिष्ठ तवरबाट पुष्टि हुन सकेको नदेखिँदा निज प्रतिवादीहरु चुडामणी आपगाई-१, लक्ष्मी प्रसाद खरेल-१. केशव प्रसाद रिजाल-१, आकाश मगर-१, रबिन कुमार राजवंशी-१, जिवन कुमार दाहाल-१. गोविन्द प्रसाद ढुङ्गेल-१. सिमान्त विश्वकर्मा-१, विनोद कुँवर-१, बलराम महतो-१ ले आरोपदाबीबाट सफाई पाउने ठहर्छ। प्रस्तुत फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले यो संक्षिप्त फैसला मिसिल संलग्न गरी नियमानुसार गर्नु – फैसलामा भनिएको छ ।
गत मँसिर ९ गते अख्तियारले उनिहरु बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
फैसला



