साना किसान सहकारी महाभाराको चुनाव सर्यो

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । चैत २२ गते हुने भनिएको साना किसान सहकारी महाभाराको चुनाव सरेको छ । नेकपा निकट प्यानलका तर्फबाट अध्यक्षका लागि उम्मेदबार बनेका तिलक राजवँशीले नेका र राप्रपाको सँयुक्त निकट प्यानल बिरुद्ध बुधबार उजुरी दर्ता गरेपछी बुधबार दिउसो बसेको बैठकले चुनाव सार्ने निर्णय गरेको हो ।
नेका र राप्रपाको निकट सँयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदबार देबेन्द्र नारायण राजवँशीले प्रकाशित गरेको चुनाबि अपिलमा चुनाबी आचार सँहिता बिपरितका शब्दहरु रहेको ठहर गर्दै आचार सँहिता बिपरितका अपिलहरु निर्वाचन समितीलाइ बुझाएर २१ गते सम्म नया अपिल जारी गर्न निर्देशन दिएका छन् ।
देबेन्द्र नारायण राजवँशीको तर्फबाट जारी अपिलमा निवर्तमान समितीलाइ सबै भन्दा निकम्मा समितीको सँज्ञा दिदै सदस्यहरुलाइ एक मुष्ट ऋण लगानी गर्न नसक्नु रेकर्डहरु चुस्त दुरुस्त राख्न नसक्नु बिगतमा एम्बुलेन्सका आय ब्ययहरु पारदर्शी नदेखिनु लगायतका आरोपहरु लगाएका छन् ।
आचार सँहिता लागु भइ सकेको अबस्थामा सँहिता बिपरित यस्तो अपिल छापेर मेरो चरित्र हत्या गर्न खोजियो — नेकपा निकट प्यानलका उम्मेदबार तिलक राजवँशी भने ।
नेकपा निकट प्यानल बाट अध्यक्षमा तिलक राजवँशी उपाध्यक्षमा नइन्द्र बहादुर काफ्ले लेखा सँयोजकमा महानन्द रिमाल र लेखा सदस्यमा फडिन्द्र नारायण ढुँगेल र गीता खरेलले उम्मेदबारी दिएका छन् भने नेका र राप्रपा सँयुक्तको निकट प्यानल बाट अध्यक्षमा देबेन्द्र नारायण राजवँशी उपाध्यक्षमा कुबिर सिँह राइ लेखा सँयोजकमा गणेश पंरसाद पोख्रेल र लेखा सदस्यमा गोबिन्द प्रसाद ढूँगेल र देब नारायण राजवँशीले उम्मेलवारी दर्ता गराएका छन् ।
त्यसै गरि नेकपा निकट प्यानल बाट ९ वटा टोल प्रतिनिधिमा क्रमश रँहित घिमिरे इन्द्र प्रसाद उप्रेती चानो राजवँशी कृष्ण प्रसाद पौडेल टँक बहादुर योङ्या डम्बर प्रसाद प्रसाइ नारायण प्रसाद राजवँशी पबित्रा भट्टराइ र कुमार सिँह राजवँशीले उम्मेदवारी दिएका छन् भने नेका र राप्रपा सँयुक्त निकट प्यानल बाट क्रमश जसोदा गौतम सुकबती राजवँशी श्रवण कुमार यादव सन्तोष राजवँशी दिलशोभा राइ शान्ता मैनाली नरसिँह राजवँशी इन्द्र नारायण राजवँशी र कमलसिँह राजवँशीले उम्मेदवारी दिएका छन् । ३ नँबर टोलबाट भने टोल प्रतिनिधिमा सुमन राइले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जम्मा ८ सय २५ मतदाता रहेको सो सहकारीको चुनाब चैत २५ गते गर्ने निर्णय गरिएको छ ।

बिबादित अपिल पत्र

- Advertisement -
Ad image

बैठकको निर्णय

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *