गौरादह उद्योग वाणिज्य सँघको अध्यक्षमा इश्वर कुमार खत्री बिजयी

पढ्न समय: 2 मिनेट

जेठ १० गौरादह । भर्खरै सम्पन्न गौरादह उद्योग वाणिज्य सँघको निर्वाचनमा अध्यक्ष पदका लागि इश्वर कुमार खत्री बिजयी भएका छन् । हिजो अबेर राति घोषणा भएको अन्तिम मत परिणाम अनुसार उनले २ सय ५४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिलबहादुर खत्रीले१ सय ६८ मत पाएका छन् ।

- Advertisement -
Ad image

त्यस्तै प्रथम उपाध्यक्ष तर्फ २८८ मत प्राप्त गरि भानु सुबेदी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तारा कुमार श्रेष्ठले २८४ मत प्राप्त गरेका छन् । द्वितिय उपाध्यक्ष तर्फ अनिस कार्कीले ३५२ मत ल्याइ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी मातृका भटराइले २२० मत पाएका छन् ।

त्यैगरि तृतिय उपाध्यक्ष तर्फ प्रेमबहादुर बस्नेतले ३१४ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वीशरद थापाले २५९ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिब पदका लागि हरिचन्द्र अधिकारीले ३७४ मत पाइ बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी परमेश्वर साहले १९५ मत पाएका छन् । कोषाध्यक्ष तर्फ ३७८ मत ल्याइ दीपक उप्रेती बिजयी बनेका छन् भने निकटतम प्रतिद्वन्द्वी दुर्गा साहले १८७ मत पाएका छन् ।

खुला सदस्य तर्फ सुबास श्रेष्ठ लीलामणि घिमिरे कृतेन्द्र ढुंगाना लक्ष्मी उप्रेती मोहोन बराइली भक्ति ढुङ्गाना र युबराज बास्तोला बिजयी भएका छन् भने  महिला सदस्य तर्फ  मुना पोख्रेल र निर्मला घिमिरे निर्वाचित भएका छन् । भुगोल तर्फ  पुस्प भारती सुजन कर्की दिल ब श्रेष्ठ शंकर अधिकारी र गजिन्द्र ढुंगाना निर्वाचित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्