मदन राजवँशी मनप्रीत

हुलाकी सडक फराकिलो पार्ने सन्दर्भमा मोरँगको रँगेली नगर पालिकाका मेयर दिलिप बगडियाले सुचना अटेर गर्ने आफ्नै भाइको घरमा डोजर चलाएर जनताको मन जिते तर यता झापाको गौरीगञ्ज गाउँपालिकामा भने जन प्रतिनिधिहरुले आफ्नो र आफ्ना नातेदारको घर जोगाउने तिर लागि परेका छन् । हुलाकी सडकको केन्द्र बाट दायाबाया १५— १५ मिटर वरपर खालि गराउन गौरीगञ्ज गाउँपालिकाले दिएको अन्तिम पटकको अल्टिमेटम म्याद सकिएको बिहिबार १३ दिन पुग्दैछ । १३ दिनमा मरेको मान्छेको किरिया सकिएर आफ्न्तले दुख बिर्सिसकेको हुन्छ तर गाउँपालिकाको अन्तिम अल्टिमेटम सकिएको १३ दिन बिति सक्दा न त हुलाकी सडकमा पर्ने वडा नँ ३ का वडाध्यक्ष मखना महतोको घर पुर्ण रुपमा भत्किएको छ न त उनका दाजु अशोक महतोको नै । उनका दाजु अशोक महतोले त अझ घर भत्काउन शुरु पनि गरेका छैनन् । यि बाहेक सडक वरपरका आम जनता प्राय ले आ आफ्नो घर सँरचना हटाइ सकेका छन् ।
वडा नँ ३ का वडाध्यक्ष ले आफ्नो र आफ्ना दाजुको घर वचाउने जोर जाममा लाग्दा हुलाकी सडकको काम नै प्रभाबित भएको छ । हुलाकी सडक फराकिलो र कालोपत्रे हुने भए पछी कति पय आम जनताहरु स्वत स्फुर्त रुपमा घर सँरचना भत्काइ आफुहरु सुकुम्बासी जीवन बिताइ रहेका छन् । तर गौरीगञ्जका जनताले बिश्वास गरेर जिताएका जनप्रतिनिधि ले आफ्नो घरको एक एक इटा सग्लो गरि निकानल्न र आफन्तको घर बचाउन बल्ल बल्ल बन्न लागेको हुलाकी सडकको निर्माण कार्य प्रभाबित पारेर आफु पोखर भ्रमणमा निस्केका छन् । सबैको चासो का रुपमा रहेको हुलाकी सडक बन्नै लाग्दा स्वत स्फुर्त रुपमा आम जनताले सडक खालि गरि सकेको सन्दर्भमा वडाध्यक्ष र स्वयम उनका आफन्तले सडक खालि नगरिदिदा गौरीगञ्जमा बिकास बिरोधी को हो भन्ने कुरा आम जनता माझ छर्लङ्ग हुन थालेको छ ।
त्यसो त गौरीगञ्ज चोक देखि गेउरिया पुल सम्मको सडकको सीमाना नै बिबाद छ । यो बिबाद पनि गाउँपालिका आफैले खडा गरेका हुन् । गाउँपालिका आफैले एक पटक गरेको निर्णयमा आफै अडिक रहन नसक्दा यो बिबाद को बिजारोपन भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का लागि सकेपछी पुस ३ गते गौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्काको नेतृत्वमा चलन चल्तिको सडकलाइ नै आधार मानी सडकको केन्द्र बाट दुबै छेउ १५— १५ मिटर छुट्याएर सीमा निर्धारण गरेका थिए । तर स्थानीय हरुले बिबाद गरे पछी भोलि पल्ट स्थानीय अमिन बोलाएर सडक सीमा छुट्याउने काम गरेको थियो । त्यस पछी पनि जनताले चित नबुझाएपछी फागुन १७ गते पाचौ पटक स्थानीय अमिन बोलाएर सडक नापिएको थियो तर समस्या समाधान हुनुको साटो झन बल्झियो । प्रत्येक पटकको नापीमा कहिले सडक उत्तर त कहिले दक्षिण सरि रहेको छ । अब यस स्थितीमा आम जनताले कुन नापीलाइ सदर मान्ने भन्ने कुरा बिबादित छ । डिपिआर अनुसार वा सरकारी अमिन बोलाएर सडक नापिनु पर्ने अधिकाँश स्थानीयहरुको माग छ तर वडाध्यक्ष महतोले डिपिआर वा सरकारी अमिन बोलाउन चाहदैनन् । उनले स्थानीय अमिन बोलाएर सडक नाप्ने नाममा झार्रा टार्ने काम गरिरहेको छ । आखिर वडाध्यक्ष महतोले सरकारी निकायबाट सडक नाप्न किन डराइरहेका छन् त ? यो रहस्यको बिषय बनेको छ ।
सडकको सीमा बिबाद समाधान नहुदा ब्यापार गरि खाने धेरैको रोजिरोटी रोकिएको छ । उनिहरुले घर त भत्काएका छन् तर ब्यपार गर्न सडकको कहाँ देखि घर सँरचना बनाउने भन्ने अन्यौलमा सँरचना बनाउन सकिरहेका छैनन् । आम स्थानीयबासी यसरी अन्यौलता र बिचल्लीमा परेको बेला समस्यालाइ सुल्झाउनको साटो वडाध्यक्ष महतो पोखरा गएर सेल्फी खिच्नमा ब्यस्त छन् ।
महतो स्वयमको घर पुर्ण रुपमा नभत्केकोले नै गाउँपालिकाको अल्टिमेटम म्याद गुज्रेको १३ दिन बिति सक्दा समेत ठेकेदार कम्पनीले डोजर चलाउन खुट्टा कमाइ रहेका छन् । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको अल्टिमेटम सकिएको भोलि पल्ट अर्थात फागुन १० गते स्थानीय सञ्चार गौरीगञ्ज दर्पणको समसामयीक कार्यक्रममा बोल्दै उनले थप ३ दिन अर्थात १३ गते सम्म सडक वरपरका सँरचना नहटाए गाउँपालिकाले डोजर चलाउने कुरा बताएका थिए । तर १४ गते उनि स्वयम काठमाण्डौ तिर हान्निए । काठमाण्डौ जानु अघि उनले सडक बिबाद मिलाउने जिम्मा उपाध्यक्ष र वडाध्यक्षलाइ दिएको कुरा बताएका थिए । तर उपाध्यक्ष र वडाध्यक्षले न त बिबाद मिलाउने प्रयास गरे न त सडक खाली गराउने पहल नै । गौरीगञ्ज दर्पणको फागुन १० गतेको कार्यक्रम समसामयीकमा बोल्दै वडाध्यक्ष मखना महतोले चोक देखि गेउरिया पुल सम्म को सडक सीमामा बिबाद नरहेको तर एक ठाउ अर्थात स्थानीय देवी थापा र रमेश राजवँशी को घर अगाडी मात्र बिबाद रहेको कुरा बताएका थिए । स्थानीय देवी थापाकै घर पुर्व टासिएको घर उनका दाजु अशोक महतोको हो । उनले घुमाउरो पारामा आफ्नै दाजुको घर अगाडी बिबाद रहेको कुरा बताएको स्पस्ट हुन्छ । शाखा अधिकृत बिरेन्द्र खड्काको नेतृत्वमा नापि हुदा र त्यस पछी का नापीहरुमा पनि उनको घरको केहि भाग सडक क्षेत्र भित्र पर्छ तर अल्टीमेटम म्याद गुज्रेको १३ दिन बिति सक्दा समेत उनका दाजु अशोक महतोले न त घर भत्काउन शुरु गरेका छन् न त सो घर मा रहेका पसल हरु सार्ने चेस्टा नै गरेका छन् । उनको घर नभत्काइनु र सरकारी निकायबाट सडक न नापिनु तथा अल्टिमेटम गुज्रेको १३ दिन सम्म पनि डोजर नचलाइनुले आम जनता शशँकित बनिरहेका छन् । वडाध्यक्ष महतो पोखरा जानु पुर्व गौरीगञ्ज दर्पणले यस बिषयमा उनि सँग कुरा गर्न चाहेको थियो तर पोखरा भ्रमण बाट न फर्के सम्म यस बिषयमा उनि बोल्न चाहेनन् । गाउँपालिकाको अल्टीमेटम वडाध्यक्ष र उनका आफन्तले नमान्नु‚ अल्टिमेटम सकिए पछी अति सुस्त गतिमा वडाध्यक्षको घर भत्काउन थालिनु तथा उनको घर नभत्के सम्मा गाउँपालिकाले डोजर चलाउन खुट्टा कमाउनु जस्ता प्रबृतीले आम जनतामा केहि प्रश्न खडा गरिदिएको छ । अब गाउँपालिकाको निर्णय वा अल्टिमेटम आम जनताले मात्र किन पालना गर्नु पर्ने ? अल्टीमेटम सकिएर पनि वडाध्यक्षले घर नभत्काउदा सम्म डोजर नचलाउने गाउँपालिकाले भोली आम जनताको घर नभत्केको बेला डोजर चलाउने नैतिक हैसियत होला कि न होला ? वडाध्यक्ष लाइ १३ दिन सम्म घर भत्काउन समय दिने गाउँपालिकाबाट आम जनताले पनि समय पाउने की नपाउने ? स्मरण रहोस — फागुन १३ गते खजुरगाछी बजारमा आम जनताले स्वत स्फुर्त भत्काइ रहेको घरमा गाउँपालिकाकै निर्देशनमा ठेकेदारले डोजर चलाउन जाँदा वडा नँ ३ का अध्यक्षले घर नभत्काउदा पनि डोजर चलाउन हैसियत नहुने तर आम जनताले घर भत्काइ रहदा समेत किन डोजर आतँक मच्चाउने भन्दै अबरोध गरेका थिए । नेता तथा नेताका आफन्तलाइ जोगाउने प्रबृतीका कारण पनि अब गाउँपालिकाले आम जनताको घरमा डोजर चलाउने नैतिक हैसियत गुमाइ सकेको स्पष्ट त हुन्छ नै । अब हुलाकी सडकको निर्माण कार्यले पनि रतुवा पुलकै नियती भोग्नु पर्ला भन्ने शँका बढ्न थालेको छ ।

