प्रदेश नँ. १ का यि अस्पतालहरुमा कोरोना उपचारको तयारी

पढ्न समय: 1 मिनेट

प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालहरुले २८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ ।

- Advertisement -
Ad image

भाइरस संक्रमणको आशंका देखिएमा सहज उपचारका लागि डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी सो वार्डको व्यवस्था मिलाइएको छ  ।प्रदेशमा रहेका ठुला चारवटा अस्पतालमा २८ वटा आइसोलेसन वेड तयार गरिएको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताले बताए ।

बिराटनगरस्थित बिराट मेडिकल कलेजमा सबैभन्दा बढी १२ वटा, त्यसैगरी धरानस्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १० कोशी अञ्चल अस्पतालमा पाँच र नोवेल मेडिकल कलेजमा आइसियूसहितको एउटा आइसोलेसन वेडको व्यववस्था मिलाइएको छ ।

प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह समेत तयारी अवस्थमा राखेको छ ।

समाजिक विकाश मन्त्री जिवन घिमिरेले अस्पताल र ल्याबका चिकित्सकलाई बिशेष प्रकारको तालिम दिने व्यवस्था सहित कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै प्रदेश सरकारले टास्क फोर्स गठन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *