
गौरीगञ्ज क्षेत्रमै सन्थाल जातिको पहिलो दर्तावाला युवा सँगठन जियोङ झरना सन्थाल युवा क्लबको बिहिबार बिधिवत उद्घाटन गरिएको छ । गौरीगञ्ज २ हेम्नाडाँगी मा एक औपचारिक कार्यक्रमका बिच माननिय साँसद एलपी साँवा र प्रदेश सभा साँसद झलक सिँह दर्लामीले क्लबको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सन्थाल युवा युवतीहरुले जातिय पहिरन र जातिय बाजा गाजा सहित अतिथीहरुलाइ परम्परागत सत्कार गरेका थिए । सोहि अबसरमा क्लबले अपाँगताभएका ब्यक्ती जेष्ठ नागरिक र जातिय पण्डीत बाबुहरुलाइ दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै क्लबका सचिब कुबेरराज मुर्मुले जियोङ झरनाको अर्थ पानीले सँचित हरायाली भएकोले सो क्लब पनि समाजबाट सिँचित भइरहे हराभरा भइ रहने कुरा बताए । क्लबका अध्यक्ष राम मर्डीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा झापा क्षेत्र नँ ४ का साँसद एली साँवा तथा प्रदेश सभा सदस्य झलकसिँह दर्लामी लगायतको उपस्थिती थियो भने नेकपा गौरीगञ्जका गाउँ कमिटी अध्यक्ष बिद्यानन्द राजवँशी सचिब बिष्णु न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिपए ।
जिल्ला प्रसासन कार्यालय झापामा पुस १० गते बिधिबत दर्ता भएको सो क्लब को मुल उद्देश्य मुनाफा रहित सन्थाल जातिको भाषा धर्म र सँस्कृतीको जगेर्ना गर्ने कुरा बिधानमा उल्लेख गरिएको छ । कार्यक्रममा सन्थाल जातिका बिभिन्न साँस्कृतीक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । सन्थाल जातिको हक हितमा काम गर्ने उद्दय बोकेको यो क्लव नै गौरीगञ्ज गाउँपालिकाको सन्थाल जातिय पहिलो दर्तावाल क्लब हो ।

