हुलाकी सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै ठेकेदार बिरुद्ध उजुरी

पढ्न समय: 1 मिनेट


निर्माणाधिन हुलाकी सडक निर्माणको काममा कमसल सामग्री प्रयोग भएको भन्दै वडा नँ ३ का स्थामनियले छानबिनको माग सहित गाउँपालिकामा उजुरी दिएका छन् । सडकमा निर्माण भइरहेका कल्भर्टहरुमा किस्नी खोलाको माटो मिश्रित कमसल बालुवा प्रयोग भएको भन्दै हुलाकी सडक निर्देशनालय बाट सडकको स्टिमेट मगाइ सो अनुसारको सामग्री प्रयोग भए नभएको अनुगमन गरिदिन गाउँपालिकामा उजुरी दिएका छन् । यद्यपी ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले डाइभर्सनका लागि मात्र किस्नीको बालुवा ल्याएको तर कल्भर्टमा प्रयोग नभएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *