सँक्रमितको सँख्या २ सय ६७ पुग्यो

पढ्न समय: 1 मिनेट

काठमाडौं । शुक्रबार नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले बिहान ९ जना संक्रमितको विवरण सार्वजनिक गरेको थियो । 

- Advertisement -
Ad image

जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताए । 

यस्तै अधिकारीले नै शुक्रबार राति जारी गरेको विज्ञप्तिमा थप ९ जना पुष्टि भएपछि संक्रमितको संख्या २६७ पुगेको जनाइएको छ । 

जसमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् ।

 यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३६ रहेको छ । बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *