रबिन्द्र बराल
मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । भेडुवा थान स्थित विपि सेवा केन्द्रमा भएको कार्यक्रमा सुनवर्षी–५ टकुवा र वडा नम्बर ९डायनिया मा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडको सवै व्यवस्थापन र दायीत्व समेत हुने गरि हस्तान्तरण गरिएको छ ।


सो अवसरमा कार्यक्रम का प्रमुख अतिथि समेत रहेका प्रदेश नं. १ का भुमि, व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री रामबहादुर मगरले व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री मगरले साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँ र साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवाको प्रमाणपत्र वितरण समेत गरेका थिए ।
साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँ र साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवा र सानाकिसान लघुवित्त वित्तिय संस्थाबीच भएको त्रिपक्षिय सम्झौता समेत हस्तान्तरण गरिएको छ ।
उक्त सम्झौताको फायल साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ का अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–९ डायनियाँका अध्यक्ष जानकीदेवी केवरत, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी–५ टकुवाका अध्यक्ष शर्मिलाकुमारी राजवंशी र सानाकिसान लघुवित्त वित्तिय संस्था इलाका कार्यालय इटहरीका प्रवन्धक दिपकराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ मोरङको मातहत रहेका थिए । अब उक्त संस्थाहरुले बुधबारदेखी औपचारीक रुपमा स्वायत्त संस्थाको रुपमा काम गर्ने प्रवद्र्धक संस्थाका मुख्य प्रवन्धक ऋषिकुमार ढकालले जानकारी दिए ।
प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारी, शिवनारायण सिंह(गन्गाई), सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, उपमेयर मञ्जु राई, राष्ट्रिय सहकारी महासंघका सञ्चालक, साना किसान विकास बैंक तथा नेपाल कृषि सहकारी केन्द्रय संघका अध्यक्ष खेमबहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष दोय मिना ढकाल र मदनकुमार दाहाल, प्रदेश कृषि सहकारी संघका संयोजक खगेन्द्रराज भण्डारी, जिल्लाका साना किसान कृषि सहकारीका १ दर्जन बढी अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि, सहकारीका शेयर सदस्य, विभिन्न पालिकाका साना किसान कृषि सहकारीका प्रतिनिधिलगायतको उपस्थिती रहेका थियो ।

