भोलि अक्षरारम्भ : गौरीगञ्जका बिभिन्न बोर्डिङ्ग स्कुलमा निशुल्क भर्ना

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज १५ माघ , भोलि बिहिबार माघ शुक्ल पंचमी अर्थात् श्री पंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाइदै छ । शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । भोलि विभिन्न शैक्षिक सँस्थाहरु तथा सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा प्रँर्थना गर्ने चलन छ । श्रीपञ्चमी अर्थात सरस्वती पुजाको तयारी पुरा भएको कुरा गौरीगञ्ज क्षेत्रमा सञ्चालित शैक्षिक सँस्थाहरुले जनाएकाछन् । सरस्वती पुजाकै अबसरमा गौरीगञ्ज क्षेत्रका बिभिन्न सँस्थागत बोर्डिङ्ग स्कुलहरुले नया बिद्यार्थीहरुलाइ अक्षरारम्भ को तयारी समेत गरेकाछन् ।
सरस्वती पुजाकै अबसरमा बिभिन्न बोर्डिङ्ग स्कुलहरुले निशुल्क भर्ना सँबन्धी अफर समेत घोषणा गरेका छन् ।
गौरीगञ्ज ३ स्थित श्री ज्ञानोदय सेकेन्डरी स्कुलले बिहिबार सरस्वती पुजाको दिन भर्ना हुन आउने नयाँ बिद्यार्थीहरु लाई भर्ना शुल्क, २ महिनाको मासिक शुल्क २ महिनाको यातायात शुल्क मा सत प्रतिशत छुट तथा टाई र बेल्ट निशुल्क उपलब्ध गराउने कुरा विद्यालयकी प्रिन्सिपल कल्पना थापाले जनाएकी छन् । त्यसैगरि गौरीगञ्ज ३ स्थित स्नोह्वाइट बोर्डिङ्ग स्कुलले पनि बिहिबार अक्षरार्म्भको उपलक्ष्यमा नयाँ भर्ना हुन आउने बिद्यार्थीलाई निशुल्क भर्ना, २ महिनाको मासिक शुल्क तथा टाई र बेल्ट मा सत प्रतिशत छुटको व्यवस्था गरेको कुरा बिद्यालयका प्रिन्सिपल गोपाल राजबँशी ले बताएकाछन् ।
गौरीगञ्ज ६ खजुरगाछी स्थित युनिभर्सल एकेडेमीले अक्षरारम्भ को अबसरमा बिहिबार नयाँ भर्ना हुन आउने बिद्यार्थीलाई भर्ना शुल्क, बिबिध बार्षिक शुल्क तथा दुई महिनाको मासिक शुल्क सत प्रतिशत छुट गरिने कुरा बिद्यालयका निर्देशक कमलेश्वर सिँह राजवंशीले जनाएका छन् । त्यसैगरि गौरीगञ्ज ६ खजुरगाछी स्थित देबकोटा सेकेन्डरी स्कुलले पनि सरस्वती पुजाको दिन बिहिबार भर्ना हुन आउने नयाँ बिद्यार्थीलाई भर्ना शुल्क , २ महिनाको मासिक शुल्क तथा टाइ र बेल्ट सत प्रतिशत निशुल्क गरिने कुरा बिद्यालयका प्रिन्सिपल जनार्दन ढकालले जानकारी गराएका छन् ।
यता गौरीगञ्ज ३ स्थित ज्ञानकुञ्ज एकेडेमीले समेत श्रीपञ्चमीका दिन बिहिबार अक्षरारम्भ का अबसरमा भर्ना हुन आउने नयाँ बिद्यार्थीहरुलाई भर्ना शुल्क र २ महिनाको मासिक शुल्क सत प्रतिशत छुट गरिने कुरा बिद्यालयका प्रिन्सिपल हस्तबहादुर राहुतले गौरीगञ्ज दर्पणलाई जानकारी दिएकाछन् ।
शिक्षा आरम्भका लागि समेत यस दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरीन्छ । शिशुहरुलाई श्रीपञ्चनीका दिनबाट अक्षरारम्भ गराईनाले भविष्यमा विद्धान बन्ने जनविश्वास छ । यसै दिनबाट शिशीर ऋतुको समाप्ति र वसन्त ॠतुको सुरुवात हुने गर्द छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *