रबिन्द्र बराल

पुर्वि तराईका जिल्ला हरुमा ससस्त्र प्रहरी ले
खुल्ला सिमानाका कारण भारतीय क्षेत्र हरुबाट हुने अपराधीक गतिविधि नियन्त्रणका लागि नेपाल बोर्डर आउट पोष्ट स्थापना लाई तिव्रता दिएकाे छ । वडदाे सुरक्षा चुनाैैैैति लाई मध्य नजर राख्दै सिमा क्षेत्रमा चाेरी , तस्करी , लुटपाट जस्ता घटना हरु निरन्तर हुदै अाएकाे र त्यसता घटना हुन नदिनका लागि नेपाल सरकारले प्रदेश नम्बर १ मा १ सय २४ स्थानमा वि अाे पि स्थानपा गर्ने निर्देशन दिए काे छ । अहिले सिमाबर्ति क्षेत्र हरुमा यस लाई प्राथमिकताका साथ अगाडि बडाएकाे छ । रंगेली नगरपालिका ४ स्थित चाेप्राहामा रहेको सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट काे नवनिर्मित भवन उद्धघाटन का क्रममा सशस्त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापा ले भने पछिल्लो समयमा सुनसरी का ४ स्थान, माेरङकाे ३ स्थान , र झापकाे ५ बटा स्थानमा बि अाे पि स्थापना गरिएको र पुस २९ गते प्रदेश १ कै उत्तरी सिमाना काे किमाङथान ईलाकामा समेत वि अाे पि स्थापना गरिएको साथै दुर्गम क्षेत्र रहेको सङ्खुवा सभा देखि १दिन वस काे यात्रा पारगरि पुनः ३ दिन सम्म हिडेर जानुपर्ने चाईनाकाे बाेडर मा समेत बि अाे पि स्थापना गरिएको र वाेलाङचुङ गाेलामा समेत वि अाेे पि स्थापना गरिने तयारीमा रहेको थापा ले बताए । अहिले माेरङकाे सिमाबर्ति क्षेत्र काे ६ स्थानमा रहेको र अब थप ३ स्थानमा निर्माण हुन बाँकी रहेको समेत उनलेे बताए ।
रंगेली नगरपालिका ४ मा रहेको ससस्त्र प्रहरी बि अाे पि ले अाफ्नाे भवन काे समेत उद्घाटन भएको छ । उक्त कार्यक्रमका का प्रमुख अतिथी सशस्त्र प्रहरी
बल,नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापा ले भवनकाे बिधिवत रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा कङकालिनि मोरङ्गका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, रंगेली बि अाे पि का ससस्त्र प्रहरी रंगेली का प्रहरी निरिक्षक जितेन्द्र बस्नेत , नगरपालिका का वडाध्यक्ष घन्श्याम पनेरू , स्थानिय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, महिला हरु काे उपस्थिति समेत रहेको थियो । साे कार्यक्रममा जग्गादाता दामोदर मण्डल ले २.५ कठ्ठा र तारणी मण्डल ले १.५ कठ्ठा जग्गा दिएका थिए । जग्गा दाता हरु लाई दाेसल्लाहा अाेडाएर सम्मान समेत गरिएको थियोे ।
प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट काे भवन निर्माण कार्यको लागी बालाजी निर्माण सेवा सिरहा ले ३२लाख ६४ हजार ७ सय ३७ रुपैयाँ ठेक्का पारेको थियो । व्यारेकमा एउटा आईरन गेट, कम्पाउण्डवाल, साथै बाउण्ड्री वाल फेन्सिङ्ग वायर, डिउटी पोष्ट, निर्माण कार्यको समेत गरिएको छ ।

