समाजसेवी बस्नेतले गरे ७९ हजार बराबरको खाद्यान्न सामग्री हस्तानतरण

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
बिश्वभर काेराना भाइरस काे महामारी फैलिएको अवस्थामा रतुवामई नगरपालिका का सामज सेवि ले गरे खाधन्य सामाग्री हस्तान्तरण गरेका छन । नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरि परिवार पाल्ने आम मानिसहरूलाई यस बेला ठुलै आपत आईलागेको छ।काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजायको भागीदार बन्नुपर्ने ,नजाउँ परिवारको प्राण नरहने, यस्तो जीवन्त मानवीय संकटबाट बच्नका लागि समाज सेवि बस्नेतले खाधन्य सामग्री हस्तान्तरण गरेका हुन ।

रतुवामाई ५ घर भइ हाल बिराटनगर बसाेवास गर्दे अाएका सामज सेवि बलवाहदुर बस्नेतले गाउँ घरमा रहेका गरिव परिवार हरुलाई केही राहत हाेस भन्ने उदेश्य अाफुले कमाई गरेको अाम्दनी बाट सन्चित गरेर राखेको रकम बाट उनले खाधन्य सामाग्री हस्तान्तरण गरेका छन । बस्नेतले २५ मन चामल २५ कार्टुन साबुन , एक हजार पिस मास्क, जनचेतना मुलक पर्चा र सय थान पन्जा राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन। खाद्यान्न तथा जिन्सीको लागत उनासी हजार बराबरको रहेको बस्नेतले बताए ।
कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राई
ले समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै वहाँको निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रसंसनिय काम गरेको समेत बताए। कार्यक्रममा सिता देवि खत्री ( बस्नेत) रमा अधिकारी ( राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *