पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घट्यो

पढ्न समय: 1 मिनेट

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको हो ।

नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले तीन प्रकारका इन्धनको मूल्य १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

- Advertisement -
Ad image

समायोजित मूल्यअनुसार अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । सोहीअनुसार इन्डियन आयल निगमले नेपाललाई पठाएको मूल्य सूचीमा तीनै पेट्रोलियम उत्पादनको मूल्य घटेको उल्लेख छ ।

सोही कारण निगम सञ्चालक समितिले तेलको मूल्य घटाएको हो । जसअनुसार उल्लेखित मूल्य सूची काठमाडौं उपत्यकाका लागि हो ।

निगमले हवाइ इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ । वाह्यतर्फ भने प्रतिलिटर ९५ अमेरिकी सेन्ट पर्नेछ ।

बाह्रखरी डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *