समाचार प्रसारण भएपछी सुधारिँदै, क्वारेन्टाइन को ब्यबस्थापन

पढ्न समय: 1 मिनेट


२५ जेठ गौरीगञ्ज । हिजो गौरीगञ्ज दर्पण डट कममा गौरीगञ्ज गाउँपालिका ले सञ्चालन गरेका क्वारेन्टाइन हरुको ब्यवस्थापन फितलो भएको समाचार प्रकाशन / प्रसारण भए पछी सो क्वारेन्टाइन हरुको ब्यवस्थापनमा सुधार गर्न थालिएको छ । सो क्वारेन्टाइन मा खानेपानी, शौचालय, तथा सुत्न समेत समस्या भएको समाचार प्रसारण भए पछी सो क्वारेन्टाइन हरुमा स्वच्छ खानेपानी को ब्यबस्था तथा शौचालयको व्यवस्थापनमा समेत सुधार गरिएको छ । लामखुट्टेको समस्या हटाउन प्रत्येक कोठामा मच्छर धुपको ब्यबस्था गर्न थालिएको कुरा क्वारेन्टाइन सँयोजक अनुप शर्माले बताएका छन् ।क्वारेन्टाइन मा राखिएका हरुले घरबाट ओढ्ने ओछ्याउने र झुल लगायतका अत्यावश्यकिय सामान हरु समेत स्यानिटाइजरले को प्रयोग गरेर भित्र लान दिइएको समेत बुझिएको छ ।
क्वारेन्टाइन मा बस्न कष्टकर भएको गुनासो आउन थालेपछी हिजो बिहान गौरीगञ्ज दर्पण डटकमले वडा नँ ६ स्थित खजुरगाछी माबि क्वारेन्टाइन र वडा नँ ३ को गौरीगञ्ज क्याम्पस क्वारेन्टाइन को अनुगमन गरेको थियो । अनुगमनका क्रममा खजुरगाछी क्वारेन्टाइन मा राखिएकाहरुले गौरीगञ्ज दर्पणलाइ आफ्ना समस्याहरु सुनाएका थिए । उनिहरुले खानेपानी को गुणस्तर खराब भएको, शौचालयमा साबुन र बाल्टी नभएको , राती लामखुट्टेले सुत्न नदिएकाो लगायतका समस्याहरु सुनाएका थिए । उनिहरुको समस्यालाइ समेटेर गौरीगञ्ज दर्पण डटकमले भिडियो रिपोर्ट प्रसारण गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *