झापा गौरीगञ्जका ७ सहित आज नेपालमा ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
गौरीगञ्ज का सँक्रमित हरु सबै वडा नँ ५ को रहेको र उनिहरु सबै भारतबाट आएको स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । खजुरगाछी माबिको क्वारेन्टाइन मा रहेका बर्ष २२, २२, ४१, २५, २०,र ३१ बर्षका ६ जना पुरुषहरु र नबनिर्मित अस्पताल भवनको क्वारेन्टाइन मा रहेका १८ बर्षका १ पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
यस अघि गौरीगञ्जमा ५ जनामा सँक्रमण पुष्टी भइसकेको छ । यो सँगै गौरीगञ्जमा सँक्रमितको सँख्या १२ पुगेको छ ।
आज देशभर थपिएका ३१४ सँक्रमित सँग नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।
प्रतिक्रिया लेख्नुहोस्

