हुलाकी सडकमा फेरी वडाअध्यक्षको चलखेल

पढ्न समय: 7 मिनेट

लकडाउनको मौका छोपि गौरीगञ्जका एक वडाध्यक्षले आफु अनुकुल पारेर हुलाकी सडक खनाउने चलखेल गरेको पाइएको छ । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ मा नहर देखि गौरीया पुल सम्मको हुलाकी सडकमा सीमा बिबाद चलिरहेकै बेला बिबादको किनारा लाग्नु अगाबै वडाध्यक्ष मखना महतोले सो बिबादित क्षेत्रमा ठेकेदारलाइ काम गर्ने निर्देशन दिए पछी स्थानीयले बिरोध गरेका छन् ।
बिबादित क्षेत्रमा काम शुरु भएको बारे आफुलाइ केहि जानकारी नभएको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताएका छन् । बिहिबार नहरमा भएको कल्भर्ट भत्काउन शुरु गर्दा आफुहरुले रोकेको तर वडाध्यक्ष महतोले आएर अहिले काम गर्न दिनु भनि निर्देशन गरेकोले ठेकेदारले काम शुरु गरेको कुरा स्थानीय जानुका नेउपानेले बताएका छन् । ठेकेदार कम्पनी मोतीदान कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले समेत वडाध्यक्षले भनेर नै आफुहरुले काम शुरु गरेको कुरा स्विकारेका छन् ।
वडा नँ ३ मा गौरीया पुल देखि नहर सम्मको क्षेत्रमा सीमा बिबाद छ । त्यसो त गौरीगञ्ज चोक देखि गेउरिया पुल सम्मको सडकको सीमाना बिबाद पनि गाउँपालिका आफैले खडा गरेका हुन् । गाउँपालिका आफैले एक पटक गरेको निर्णयमा आफै अडिक रहन नसक्दा यो बिबाद को बिजारोपन भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का लागि सकेपछी पुस ३ गते गौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्काको नेतृत्वमा चलन चल्तिको सडकलाइ नै आधार मानी सडकको केन्द्र बाट दुबै छेउ १५— १५ मिटर छुट्याएर सीमा निर्धारण गरेका थिए । तर स्थानीय हरुले बिबाद गरे पछी भोलि पल्ट स्थानीय अमिन बोलाएर सडक सीमा छुट्याउने काम गरेको थियो । त्यस पछी पनि जनताले चित नबुझाएपछी फागुन १७ गते पाचौ पटक स्थानीय अमिन बोलाएर सडक नापिएको थियो तर समस्या समाधान हुनुको साटो झन बल्झियो । प्रत्येक पटकको नापीमा कहिले सडक उत्तर त कहिले दक्षिण सरि रहेको छ । अब यस स्थितीमा आम जनताले कुन नापीलाइ सदर मान्ने भन्ने कुरा बिबादित बनेको थियो । सरकारी अमिन बोलाएर सडक नापिनु पर्ने अधिकाँश स्थानीयहरुको माग भएपनि वडाध्यक्ष महतोले सरकारी अमिन बोलाउनुको सटो उनले स्थानीय अमिन बोलाएर सडक नाप्ने नाममा झार्रा टार्ने काम गरिरहेका थिए । आखिर वडाध्यक्ष महतोले सरकारी निकायबाट सडक नाप्न किन डराइरहेका थिए ? यो रहस्यको बिषय बनेको छ । चैैत ५ गते उक्त सडक डिपिआर अनुसार नापिएको थियो सो नापिमा सडक चलन चल्तीको भन्दा पुरै दक्षिण सकेपछी बिबाद झन चर्कियो ।

हुलाकी सडक निर्देशनालय ले चलनचल्तीको सडकलाइ आधार मानेर सडकको केन्द्र बाट दाया बाँया १५ — १५ मिटर भित्र बनेका घर सँरचनाहरु हटाउने निर्देशन जारी गरे पनि वडाध्यक्ष महतोले डिपिआरको नक्सा बमोजिम सडक खनाउने अडान लिए पछी सो क्षेत्र बिबाद उत्कर्षमा पुगेको हो सो क्षेत्रमा डिपिआर अनुसार बनाउदा गौरीगञ्ज चोक देखि पश्चिम तिर सडक चलन चल्तीको भन्दा निकै दक्षिण सर्छ भने चोक पुर्व चलन चल्तीको भन्दा उत्तर सर्छ । चोक देखि पश्चिम हुलाकी सडकको उत्तर तिर वडाध्यक्ष र उनका सहोदर भाइको घर जग्गा रहेको छ । त्यसैले उनि डिपिआरको नक्सा बमोजिम सडक खनाउन चाहन्छन् । शुरु देखि नै बिबादित भइ रहेको सो क्षेत्रमा गत चैत ५ गते नापि कार्यालयको प्रतिनिधि बिना नै ठेकेदारको इन्जिनियरले डिपिआर बमोजिम सडकमा चिन्ह लगाए पछी सो सडकको बिबाद उत्कर्षमा पुगेको हो । बिबाद पछी चलनचल्तीको सडक अनुसार सडक बनाउनु पर्ने माग सहित चोक पश्चिम सडक दक्षिणका जग्गा धनीहरुले गाउँपालिकाको न्यायीक समिती र हुलाकी सडक निर्देशनालय इटहरीमा निबेदन हालेका छन् भने डिपिआरको नक्सा बमोजिम सडक बनाउनु पर्ने माग सहित चोक पश्चिम सडक उत्तर तिरका जग्गाधनीहरुले वडा कार्यालय र न्यायिक समितीमा निबेदन हालेका छन् । तर सो निबेदन उपर कुनै छलफल गरिएको छैन । चैत ५ गतेको बिबाद पछी वडाध्यक्ष महतोले डिपिआर अनुसार नै सडक बनाइने कुरा एक स्थानिय सँचार माध्यमलाइ बताएका थिए ।
हुलाकी सडक निर्देशनालय इटहरीका योजना प्रमुख रमेश कुमार सिँहका अनुसार चलन चल्तीको सडकलाइ आधार मानेर त्यसको केन्द्रबाट दायाबाया १५— १५ मिटर सडक खाली गराउन स्थानिय तहहरुलाइ निर्देशन भएको बताएका छन् । उनले डिपिआरको नक्सा बारे बोल्दै डिपिआर ले सडकको चौडाइ उचाइ र मोटाइ बारे मात्र डिपिआरले देखाउने तर फिल्डमा सडक कहाँ छ भन्ने बारे डिपिआरको नक्साबाट थाहा नहुने कुरा बताएका छन् । उनले सडकको आधिकारी नक्सा नापी कार्यालयमा भएको नक्सानै हुने कुरा बताएका छन् । नापी कार्यालय नै नेपाल सरकारको आधिकारीक सँस्था भएको कारण नापी कार्यालयमा भएको नक्सा नै सडकको आधिकारीक नक्सा हुने कुरा बताए । हुलाकी सडक निर्देशनालय इटहरीका इञ्जिनियर माधब पौडेलले पनि चलनचल्तीको सडक लाइ नै आधार मानेर सडकको सीमा निर्धारणल गर्न निर्देशन रहेकाले सोहि अनुसार सडक बनाइने कुरा बताएका छन् । यद्यपी ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर श्रेष्ठले डिपिआर अनुसार सडक बनाइने कुरा बताएका छन् ।

- Advertisement -
Ad image

हुलाकी सडक निर्देशनालयले नै डिपिआर अनुसार सडक कहाँ छ भनेर नखुल्ने भनिरहेको बेला हुलाकी सडक निर्देशनालयको निर्देशन बिपरित ठेकेदार कम्पनी र वडाध्यक्षले डिपिआर अनुसार सडक बनाउन खोज्नु र बिबादित क्षेत्रको बिबादै समाधान नगरि काम शुरु गराउनुले दालमे कुछ काला है स्पष्ट भएको छ । हुलाकी सडकको सीमा बिबाद बारे गाउँपालिकामा छलफल हुदा समेत अधिकाँश सहभागीहरुले नापीको नक्सा अनुसार सडक नापेर गाउँपालिकाले जग्गा छुट्याइ दिनु पर्ने माग राखेका थिए ।
बिबादित क्षेत्रमा काम शुरु गरे पछी गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले काम रोक्ने निर्देशन दिएका छन् । अहिले काम रोकिएको छ ।


हुलाकी सडकमा कमसल काम गरेको भन्दै ठेकेदार बिरुद्ध उजुरी


निर्माणाधिन हुलाकी सडक निर्माणको काममा कमसल सामग्री प्रयोग भएको भन्दै वडा नँ ३ का स्थामनियले छानबिनको माग सहित गाउँपालिकामा उजुरी दिएका छन् । सडकमा निर्माण भइरहेका कल्भर्टहरुमा किस्नी खोलाको माटो मिश्रित कमसल बालुवा प्रयोग भएको भन्दै हुलाकी सडक नसर्देशनालय बाट सडकको स्टिमेट मगाइ सो अनुसारको सामग्री प्रयोग भए नभएको अनुगमन गरिदिन गाउँपालिकामा उजुरी दिएका छन् । यद्यपी ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले डाइभर्सनका लागि मात्र किस्नीको बालुवा ल्याएको तर कल्भर्टमा प्रयोग नभएको बताएका छन् ।
ठेकेदारले सडकको बिचमा पर्ने बिजुलीका पोलहरु समेत नसारी माटो पेल्ने काम गरिरहेको छ भने बजार क्षेञमा नाला नै नखनी र नालाको भाग नै नछोडी माटो पेल्ने काम शुरु गरेको स्थानीयहरुले बताएका छन् । सामान्यतया पहिला नाला खन्ने काम गरे पछी मात्र सडकमा माटो फिलिङको काम गरिनु पर्ने कुरा एक सडक सँबन्धी जानकारले बताएका छन् ।

हुलाकी सडक बारे हुलाकी सडक निर्देशनालय ईटहरीका प्रमुख के भन्छन् सुन्नुहोस

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *