१५ जेठ गौरीगञ्ज । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना सँक्रमितको सँख्या १ हजार ४२ पुगेको छ । बिहिबार एकै दिन १ सय ५६ जना मा थप सँक्रमण पुष्टी भएपछी सँकमरमितको सँख्या हजार नाँघेको हो ।
बिहिबार सँक्रमण पुष्टी हुनेमा झापाका २५ जना, धनुषाका २९ जना, महोतरीका १७ जना, रौतहटका २० जना, सप्तरीका १४ जना, नवलपुरका १ जना, सर्लाहीका ७ जना, दैलेखका १० जना, सिराहाका ६ जना, सोलुखुम्बुमा १ जना, सुर्खेतका १४ जना (१जना बोल्न नजान्ने), बझाङ का १ जना, स्याङ्जाका ३ जना, दार्चुलामा १ जना, कैलालीका २ जना, मकवानपुरका १ जना, बर्दियाका ३ जना र बाँकेका १ जना रहेका छन् ।
कुल सँक्रमित १ हजार ४२ मध्ये ९ सय ४० जना पुरुष र १ सय २ जना महिला रहेकाछन् ।
नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रबक्ता डा. बिकास देवकोटाले दिएको जानकारी अनुसार ७७ जिल्ला मध्ये हाल ५१ जिल्लामा कोरोना को सँक्रमण देखिएको हो ।
प्रदेश १ मा सँक्रमितको सँख्या १२९ जना, प्रदेश २ मा ४१५ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा १७ जना, प्रदेश नँ ५ मा ३६९ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदुर पश्चिम प्रदेशमा, २१ जना सँक्रमित फेला परेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार कोरोना सँक्रमणका कारण ललितपुरका थप १ पुरुषको मृत्यु भएसँगै मृतकको सँख्या ५ पुगेकोछ ।
सँक्रमितको सँख्या १ हजार ४२ पुग्यो : सँक्रमणका कारण मृतकको सँख्या ५
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

