बैगुन्धुराको अमर माबिलाइ क्वारेन्टाइन बनाइदै

पढ्न समय: 1 मिनेट


१५ जेठ, गौरीगञ्ज । गौरादह ९ बैगुनमधुरा स्थित अमर माबिको भवनलाइ क्वारेन्टाइन बनाइने भएको छ । भारत तथा तेस्रो मुलुकहरु बाट नगरपालिका भित्रिएका हरुको सुरक्षित ब्यबस्थापन गर्न नगरपालिकाको निर्णय अनुसार सो भवनलाइ क्वारेन्टाइन स्थलका रुपमा ब्यबस्थापन गर्न लागिएको कुरा वडा नँ ९ का वडाध्यक्ष सिताराम भट्टराइले बताएका छन् ।‌
आबश्यक पुर्वाधारहरु र जनशक्ति को ब्यबस्थापन का लागि वडा कार्यालय तयारीमा जुटेको उनले बताएका छन् ।‌सो बिद्यालयमा १५ देखि २० जनासम्म लाइ ब्यबस्थापन गर्न सकिने कुरा उनले बताएका छन् । गौरादह नगरपालिकाको उक्त वडामा हिजो भारत बाट आएका दुइ जनामा जिरोमा सँक्रमण पुष्टी भएको छ ।‌ नाकाबाट उद्दार गरि सिधै जुरोपानी स्थित क्वारेन्टाइनमा पुर्याइएका उनिहरुलाइ अहिले उपचारका लागि बिराटनगर पुर्याइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *