लामो समयको प्रतिक्षापछि लोक सेवा आयोग कर्मचारी भर्नाको कार्यतालिका सार्वजनिक गरेको छ । योसँगै जेठ १५ मा लोक सेवा खुल्ले पक्कापक्की भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कर्मचारी भर्ना गर्न आवश्यक पर्ने कानुनी अड्चन फुकाउने निर्णय गरेको थियो । योसँगै १२ हजार कर्मचारी भर्ना गर्ने बाटो खुल्ला भएको थियो ।
लोक सेवा आयोगले बिहीबार स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको हो ।
आयोगको बिहीबार बसेको बैठकले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापनरसूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा आवश्यक साँढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित पत्र पठाएको थियो । मन्त्रिपरिषदमा ऐन पारित नगर्दा लामो समयदेखि आयोगले विज्ञापन खोल्न सकेको थिएन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै लोकसेवालाई पत्र पठाउँदै ४ सय ३७ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
एडिभिईन्युजबाट

