लक डाउन नमान्ने लाइ दुइ घन्टा घाममा उभ्याइयो

पढ्न समय: 1 मिनेट

बिर्तामोड, झापामा लक डाउन उलङ्घन गर्नेमाथि कार्वाही सुरु भएको छ । बुधवारदेखि स्थानीय प्रशासनले उनीहरुमाथि कार्वाही थालेको हो । लक डाउन उलङ्घन गर्ने ५० जनालाई बिर्तामोडको मुक्तिचोकमा दुई घण्टा उभ्याएर कार्वाही गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले लक डाउन उलङ्घन गर्नेलाई सडकमा उभ्याएर कारवाही थालेको बिर्तामोड प्रहरीका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।

‘टु आवर्स लक डाउन सेल’ नाम दिएर प्रहरीले बुधबारदेखि जिल्लाको बिर्तामोडस्थित मुक्तिचोकमा सामाजिक दूरी कायम राखेर कारवाही थालेको छ। लक डाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो ।

- Advertisement -
Ad image

प्रहरीले लकडाउन उलङ्घन गरी हिँडडुल गर्ने र सवारी चलाउने ५० बढीलाई बुधबार दुई घण्टा उभ्याएको छ । नियन्त्रणमा लिइएका सवारी साधन लक डाउन खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्र धनीलाई दिइने प्रहरीले जनाएको छ । कारवाहीको यो शैलीलाई लक डाउन अवधिभर्र निरन्तरता दिइने प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

बिबेचना

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *