जिल्ला सहकारी सँघ मोरँग द्वारा ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग

पढ्न समय: 1 मिनेट

रबिन्द्र बराल

- Advertisement -
Ad image

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ ।प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारी ले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ । माेरङका हरु द्वारा संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघलेे उक्त रकम हस्तान्तरण गरेको जिल्ला सहकारी संघ मोरङ का अध्यक्ष डिल्ली पोखरेल ले बताए । यस्तो महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई जहिले पनि सहयोग र साथ रहेको र हरेक दुख कष्ट मा अाफ्नाे संस्थाले सधैं ब सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार त्यसैगरी सद्भाव बचत तथा ऋण सहकारी संस्था , सुगम बचत तथा ऋण सहकारी संस्था, महर्षीमही कृषि सहकारी संस्था, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायत गरि ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन्

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *