समाजसेवी अधिकारी द्वारा गौरीगञ्जको राहतकोषमा नगद रु २५ हजार सहयोग

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । २७ चैत । गौरीगञ्ज १ महाभाराका समाजसेवी बिश्व प्रसाद अधिकारीले अति बिपन्न परिवारहरुका लागि खडा गरिएको गौरीगञ्ज गाउँपालिकाको राहत कोषमा नगद रु २५ हजार सहयोग गरेका छन् । बिहिबार उनले गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ नगद रु २५ हजारको चेक हस्तान्तरण गरेका हुन् । अधिकारी अरुण गाउँपालिका भोजपुर स्थित पञ्चकन्या प्राबिका सँस्थापक प्रधानाध्यापक हन भने उनि झापाको कमल गाउँपालिका स्थित कमला मदन आश्रित बिद्यालयका समेत पुर्व प्रधानाध्यापक हुन् । हाल उनि जेष्ठ नागरिक सँघ गौरीगञ्ज गाउँ समितीका अध्यक्ष हुन् भने २०६२ साल यता उनि बिश्व प्रसाद अधिकारी प्रतिष्ठान नामक सँस्थाको स्थापना गरि समाजसेवाको क्षेत्रमा होमिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *