
रबिन्द्र बराल
ईलका प्रहरी कार्यालय रंगेली का प्रहरी निरीक्षक लेखनाथ दाहाललाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भए का छन । जिल्ला प्रहरी कार्यलय माेरङ ले प्रत्येक महिना गर्दे अाएकाे पुलिस अफ द मन्थ मा बैशाख महिना मा रंगेली का दाहथल सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन । माेरङ प्रहरीले लागु औषध अाेसार पाेसारमा संलग्न र फरार प्रतिवादीहरुलाई पक्राउ गरि कानुनी दायारमा ल्याउन महत्तवपूर्ण भुमिका खेलेको तथा हालै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न विभिन्न वडाहरु सग समन्वय गरी क्वारेन्टाईन निमार्ण , राहात वितरण , तथा कोरोान भाइरस सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेकाेे र सरकारले लागु गरेको लकडाउनलाई कडाईका साथ कार्यन्वयन गर्न उलेखनीय योगदान पु¥याउन सफल भएको र आम जनमानसमा प्रहरीको छबि उच्च बनाउन प्रशंसनिय कार्य गरेको भन्दै उलनाई पुलिस अफ द मन्थ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ ।

