१३ जेठ, गौरीगञ्ज । गत जेठ १० गते गौरीगञ्जका दुइ क्वारेन्टाइन मा रहेका ८८ जनाको स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि पठाइएको मा सबै ८८ जनाकै रिपोर्ट नेगेटिभ आएकोछ । नब निर्मित अस्पतालको क्वारेन्टाइन र गौरीगञ्ज क्याम्पस क्वारेन्टाइन मा जेठ १० गते अघि देखि रहेका सबैको रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । यस अघि बिहान क्याम्पस को क्वारेन्टाइन मा रहेका ७७ जनाको मात्र रिपोर्ट आइपुगेको थियो । रिपोर्ट नेगेटिभ आएपछी जेठ १० गते अघि आएका सब्बै ८८ जनालाइ नै थप १४ दिन घरमै होम क्वारेन्टाइन मा बस्ने गरि घर पठाउने तयारी गरिएको कुरा स्वास्थ्यकर्मी रामचन्द्र मिश्रले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

