
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको संसारीमाई मन्दिरमा चोरी भएको छ । माता लाई लागई दिएकाे चाँदिका गहना, सानो पितलको मुर्ति, गणेश काे प्रतिमा, गहरगहना सहित चोरी भएको हाे । मन्दिर बाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको समेत मुर्ति चोरी भएको हाे ।
राति १० बजेर ५४ मिनेटमा मन्दिरको घेरा नाघेर मुख्य मन्दिर भित्र छिरेर माता संसारीलाई लगाएको गरगहना चोरी भएको ब्यवस्थापन समितिले जनाएको छ । यता इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सि.सि.टि.भि मा घटना रेर्कड भएकाले फुटेज बाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।
यसअघि समेत मन्दिरका गहना चोरी भएपछी मन्दिर समितिले एक वर्ष अघि मन्दिर परिषरमा ७ वटा सिसिटिभि जडान गरेको थियोे ।

