ईलाका प्रसासन गौरीगञ्ज छेउको होटलमा आगलागि । जलेर पुरै होटल नस्ट

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । २९ माघ । ग्याँस सिलिन्डरको रेगुलेटर लिक भई गौरीगञ्जको एक होटलमा बुधवार साँझ आगलागि भएको छ । ईलाका प्रसासन कार्यालय को छेवै मा रहेको प्रार्थना होटलमा आगलागि भएको हो । आगलागि बाट पुरै होटल जलेर नस्ट भएको छ । साँझ ग्राहकको लागि खाना पकाउने क्रममा चुल्हो बाल्न खोज्दा रेगुलेटर एक्कासी उछिट्टिएर आगोले छानोमा भेटेको कुरा होटल सँचालन दुर्लभमान श्रेष्ठले जनाएका छन् ।

छानामा लागेको आगो नियन्त्रण गर्न नसकेर आगोको रापले सिलिन्डर पड्किदा पुरै होटल भरि आगो फैलिएको स्थानिय हरुले बताएका छन् ।

- Advertisement -
Ad image

यद्यपी आगोले कुनै मानबिय क्षति नभएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

स्थानियहरु र गौरादह बाट आएको बारुण यन्त्रको मद्दतले आगो नियन्त्रणमा लिइएको थियो । होटलको छेबैको बिल्डिङ मा नेपाल बैँक लिमिटेड, ईलाका प्रसासन कार्यालय , एनएमसी सहकारी , सहारा नेपाल सहकारी, जनसेवा सहकारी लगायत आधा दर्जन कार्यालय सञ्चालनमा रहेका छन् ।
आगलागिबाट दुईवटा फ्रिज सहित होटलका सँपुर्ण सामान र घर लगायत करिब १२ लाखको क्षति भएको कुरा सञ्चालक श्रेष्ठले जनाएका छन्

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *