बैदेशिक रोजगारमा ज्यान गुमाएका बस्नेतका परिवारले पाए बिमाको १४ लाख भुक्तानी

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज २२ माघ । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झापा दमकका जीतबहादुर बस्नेतको बैदेशिक रोजगारीकै क्रममा मलेसियामा मृत्यु भएपछी उनको परिवारले बिमाको रकम भुक्तानी पाएको छ । बुधबार पेसागत अभिकर्ता सँघ गौरादह शाखाका अध्यक्ष धिरजकुमार अग्रवाल र नेपाल लाइफ इन्स्योरेन्स गौरादह शाखाका प्रबन्धक निर्मल काफ्लेले सँयुक्त रुपमा उनको परिवारलाइ रु १४ लाख रुपैया भुक्तानी दिएका छन् । परिवारका तर्फबाट बस्नेतका दाजुहरु कुलबहादुर बस्नेत र चित्रबहादुर बस्नेतले रमक बुझिलिएका छन् ।
बस्नेतले मलेसिया जानु अघि नेपाल लाइफ इन्स्योरेन्स मा रु ४ लाखको जीवन बिमा गरेको कुरा गौरादह शाखाका अध्यक्ष धिरजकुमार अग्रवालले बताएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *