
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका काे बडा नम्बर ७ ले एक दिने स्वास्थ्य शिविर सन्चालन गरेको छ । शिविर गाेल्डेन हस्पिटल बिराटनगर काे सहकार्य मा स्वास्थ्य शिविर काे अायाेजना गरेको हाे । साे शिविरमा रंगेली , चाेप्राहा,मधुवनि,तित्री टाेल लगायतका बृद्घ , बृद्घा, महिला बालबालिका हरु ले स्वास्थ्य परिक्षण गराएका थिए । नगरपालिका काे कार्यलयमा साे शिविर काे गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा कन्सल्टेनट फिजिसन डाक्टर श्यम कुमार राैनियार , बालराेग बिषेशज्ञ डाक्टर सतिश यादव , हाडजोर्नी तथा नशाराेग बिषेशज्ञ डाक्टर यज्ञराज खरेल, सर्जन डाक्टर सराेज राजवंशी , लगायत ले बिरामी हरु काे स्वास्थ्य परिक्षण गरेका थिए । अहिले जाडाे काे समय भएको हुनाले स साना बालबालिका हरुलाई बडि मात्रामा ज्वर ,रुघाखोकी , स्वासप्रस्वास तथा बृद्ध हरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा दुखाइ हुने समस्या देखा परेको डाक्टर श्यम कुमार राैनियार ले बताए । शिविरमा ८१ जनाकाे स्तन तथा पाठेघरलकाे क्यान्सर स्क्रिनिङ VIAजाँच समेत
गराएता पनि कुनै राेग फेला नपरेको डाक्टरले बताए । शिविरमा ६ सय २८ जना बिरामी हरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा निशुल्क एक्सरे सेवा सहित औषधी समेत निशुल्क वितरण गरीएको वडाअध्यक्ष रामचन्द्र मण्डल ले जानकारी दिए ।

