मोरँगको सुन्दरहरैचामा बच्चा चोर

पढ्न समय: 1 मिनेट

विराटनगर ।  मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। शनिबार साँझ ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भएकिछन् ।

घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन।

- Advertisement -
Ad image

गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भागेका थिए । चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेका थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *