गौरीगञ्ज । मँसिर १५ । गौरादह नगरपालिका ८ जुरोपानी स्थित एक घरबाट प्रहरीले २५ बोरा अबैध सुर्ती बरामद गरेको छ । चन्दन चोक स्थित गौरी दासको घरबाट सो परिमाणको सुर्ती बरामद गरेको कुरा इप्रका गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएका छन् ।
भट्टराइका अनुसार ७ बोरा उनको घर भित्र र बाकी सुर्ति उनकै बारीमा लुकाएएको अबस्थामा फेला परेको हो । गोप्य सुचनाका आधारमा इप्रका गौरीगञ्जबाट खटिएको प्रहरीको टोलिले बिहान करिब १० बजे तिर छापा मारी सो परिणामको सुर्ती बरामद गरेको कुरा इप्रका गौरीगञ्जले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

