ट्रक र एम्बुलेन्स ठोक्किँदा सुनसरीमा सातजनाको मृत्यु

पढ्न समय: 1 मिनेट

इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई गएराती ठक्कर दिएको थियो।  मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई  रहेका छन् । सातै जनाको घटनास्थलमै मृत्यु भएको  प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *